Comments Add Comment

इटालियन किपर बुफोनलाई इब्राहिमोभिचको डर

Buffon

इटालियन गोलकिपर बुफोनले शुक्रबारको युरो २०१६ को प्रतिद्वन्द्वी स्वीडेनलाई वान म्यान टिम नभएको बताएका छन् । तर, सुपर स्टार फवार्ड ज्लाटन इब्राहिमोभिचलाई लिएर भने चिन्तित रहेको उनले बताए ।

इटालियन टिममा बुफोनसँगै आन्ड्रिय बाइजाली, जर्जिओ चेलिनी र लियोनार्डो बोनुचीको उत्कृष्ट डिफेन्स छ । र, उसले पहिलो खेलमा बेल्जियमलाई २-० ले हराएको थियो । दोस्रो खेलमा शुक्रबार इटलीको सामना गर्दैछ ।

बुफोनले भनेका छन्, हामी ज्लाटनलाई लिएर चिन्तित छौं । किनकी उनी वास्तविक सुपरस्टारहरुको सानो समूहमा पर्छन् र जसले टिममा साँच्चै फरक पार्छ ।’

उनले अघि भनेका छन्, स्वीडेन वान म्यान टिम होइन, त्यहाँ राम्रा खेलाडीहरु छन् । तर, उन(इब्राहिमोभिच)को क्षमता र विश्वास सुपरस्टार जस्तो छ ।’ उनले भने, उनी साँच्चै समस्या हुन् ।’

इटलीका प्रशिक्षक एन्टोनिओ कोन्टेले इब्राहिमोभिच बाहेक अरु पनि चुनौती रहेको बताएका छन् ।

समूह ईमा रहेको इटली ३ अंकसहित शीर्ष स्थानमा छ । पहिलो खेलमा रिपब्लिक अफ आयरल्याण्डसँग बराबरीमा रोकिएको स्वीडेन तेस्रो स्थानमा छ भने बेल्जियम चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment