३ असार, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगले दश वर्षे जनयुद्धका क्रममा राज्य र तत्कालीन विद्रोही पक्षबाट पीडित पक्षले उजूरी दिने म्याद एक महिना थप गरेको छ ।
यसअघि आयोगले ६० दिनको समय दिएर उजुरी संकलन गरेको थियो ।
दुई महिनामा आयोगमा हत्या, यौन शोषण तथा दुर्व्यवहार, कुटपिट र गम्भीर प्रकारका मानवअधिकार उल्लंघन भएको भन्दै ३३ हजार ५ सय ८९ वटा उजुरी परिसकेका छन् ।
यसअघि आयोगले उजुरीका लागि ०७३ साल बैशाख ५ गतेदेखि असार २ गतेसम्मको समय तोकेको थियो । पीडित पक्षबाट उजुरी संकलनका लागि म्याद थप गर्न माग भएपछि आयोगले एक महिना समय थप गरेको हो ।
यसअघि वेपत्ता पारिएका व्यक्तिको छानविन गर्न गठित आयोगले पनि उजुरी संकलनको समय एक महिना थप गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4