+
+
Shares

उपराष्ट्रपतिको ‘सवारी’मा उनकै छोराको असन्तुष्टि

'मलाई त यस्तो रीस उठ्यो अरुलाई के होला ?'

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ३ गते १७:४५

Nanda-Bahadur-Pun-Pasang-2

३ असार, काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनका कान्छा छोरा दिपेश विहीबार दिउँसो लैनचौरबाट बौद्धतर्फ जाँदै थिए । गौशाला पुगेपछि उनी चढेको माइक्रो रोकियो ।

एकैछिनमा सवारी साधनको लामो जाम भइसकेको थियो । ‘केको जाम हो ?’ भन्दै यात्रुहरु भुट्भुटिन थाले । हतारमा रहेका दीपेश पनि जाममा फसेपछि दिक्क भए ।

यत्तिकैमा एक यात्रुले भनेको सुने, ‘उपराष्ट्रपतिको सवारी रहेछ ।’ त्यसपछि यात्रुहरुले नेताहरुलाई गाली गर्न थालिहाले । छोरा दीपेश सुनेर बसिरहे ।

चीन भ्रमणबाट फर्किएको उपराष्ट्रपति पुनको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निवासमा फर्किने क्रममा सो रुटमा सवारी जाम गराइएको थियो । जाम करिब एक घण्टापछि खुल्यो, तर खुलेन दीपेशको मन ।

प्रायः आफ्ना असन्तुष्टिका कुराहरु खुलेर फेसबुकमा पोखिहाल्ने दीपेश यसमा पनि चुकेनन् । चाहे आफ्नै बाबु जोडिएको विषय किन नहोस् उनले स्टाटस ठोके । उनको ‘बोल्ड’ स्टाटसलाई धेरैले मन पराएका छन् र सेयर गरेका छन् ।

फेसबुकमा दीपेशले लेखेका छन्, ‘आज उपराष्ट्रपतिको सवारीका कारण म माइक्रोमा घन्टौं जाममा परेँ । म नाताले उपराष्ट्रपततिको छोरो भएर त यति धेरै रीस उठ्यो कि भनिसाध्य छैन भने अरु सर्वसाधारण जनतालाई झन् कति रीस उठ्छ होला ?’

उनले सुरक्षा वा अन्य जे कारणले भए पनि सरकारले भीआइपी सवारी हुँदा सकभर सडकमा अरु निजी तथा सार्वजनिक सवारी सञ्चालनमा रोक नलगाउन सुझाव दिएका छन् । उनको स्टाटसलाई २५ सयभन्दा बढीले लाइक गरेका छन् भने करिब ३ सयले कमेन्ट गरेका छन् ।

अनलाइनखबरसितको कुराकानीमा दीपेशले आफ्नो टिप्पणी वर्तमान उपराष्ट्रपतिमाथि मात्रै लक्षित नरहेर समग्र प्रवृत्तिप्रति लक्षित रहेको बताए । उनले भने, ‘उपराष्ट्रपति मात्र होइन, सबै भीभीआइपीको सवारीमा यस्तै हुन्छ । यस्ता विषयहरुले जनतालाई नेताहरुप्रति नैराश्यता जगाउँछन् । यसको समाधान तुरुन्तै निकाल्नुपर्छ ।’

महत्वपूर्ण व्यक्तिहरुको सुरक्षा जरुरी भए पनि त्यसबाट सर्वसाधारण कमभन्दा कम प्रभावित होउन् भन्नेमा चनाखो हुनुपर्ने उनले बताए । ‘सबै मान्छेहरु आफ्नो गन्तव्यमा पुग्न हतारिएका हुन्छन्, कतिको इमरजेन्सी परेको हुन्छ । छोटो बाटो प्रयोग गरेर हुन्छ कि पहिल्यै सुचना दिएर हुन्छ कि सवारी जामको सिलसिला सिलसिला रोक्नैपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?