Comments Add Comment

चितवनबाट तीन ‘नक्कली’ डाक्टर पक्राउ

Fake-Doctor

३ असार, चितवन । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी चिकित्सकीय सेवामा कार्यरत रहेको आरोपमा प्रहरीले शुक्रबार ३ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले जिल्लाका विभिन्न अस्पतालमा गरेको अनुगमनका क्रममा ती डाक्टरहरु पक्राउ परेका हुन् ।

चितवनका विभिन्न अस्पतालबाट शुक्रबार तीन जना डाक्टरहरु पक्राउ परेका हुन् । संयुक्त टोलीले भरतपुरको चितवन मेडिकल कलेज शिक्षण अस्पताल (नयाँ मेडिकल कलेज)बाट राजन पुरी, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)बाट रजनी अग्रवाल र भरतपुर अस्पताल तथा पुरानो मेडिकल कलेजमा काम गर्दै आएका सुनील आचार्यलाई पक्राउ गरेको हो ।

ती डाक्टरहरुको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आशंकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख वसन्त कुवंरले जानकारी दिए । प्रहरी स्रोतका अनुसार तीनै जना डाक्टरले आई एस्सीको शैक्षिक प्रमाणपत्र नक्कली बनाएर डाक्टर पढेको पाइएको हो ।

अनुसन्धानका लागि केन्ऽीय अनुसन्धान व्यूरोले उनीहरुको शैक्षिक योग्यताको प्रमाणपत्र काठमाडौँ लगेको छ । पक्राउ परेका डाक्टरहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment