फ्रान्स युरो अन्तर्गत समूह ‘डी’ को दोस्रो चरणको खेलमा आज राति पौने १ बजे साविक बिजेता स्पेनले टर्कीसँग प्रतिस्पर्धा गर्दैछ । स्पेन आजको खेलमा जित हासिल गर्दै समूहको १ खेल अगावै अन्तिम १६ मा स्थान सुरक्षित गर्ने योजनामा छ भने टर्की समूहको पहिलो खेलमा क्रोएशियासँग ब्यहोरेको पराजयलाई बिर्सदै साविक बिजेतामाथि हावी हुने अभियानमा छ ।
पछिल्लो ६२ बर्षदेखि स्पेन टर्कीसँग अपराजित छ । सन् १९५४ मा विश्वकप छनौट चरणमा १-० गोलले विजयी भएयता टर्कीले कुनैपनि खेलमा स्पेनलाई माथ दिन नसक्नुले आजको खेलमा पनि यही आँकडाको आधारमा स्पेन हावी हुनसक्ने अनुमान गरिएको छ ।
पछिल्लो पटक सन् २००९ मा भएको भेटमा स्पेनले टर्कीमाथि २-१ गोलको जित निकालेको थियो । स्पेनले टर्कीसँग अहिलेसम्म खेलेका १० खेलमा ५ खेलमा जित निहालेको छ भने ४ खेलमा बराबरीको नतिजा निकालेको छ ।
पि्रम्याच कन्फ्रेन्समा स्पेनिस प्रशिक्षक भिन्सेन्ट डेल वक्सले पहिलो खेलमा तीन अंक हासिल गर्नु महत्वपूर्ण रहेको भन्दै आजको खेलमा पनि जितका लागि खेल्ने बताए । उनले भने,’टर्की एउटा उत्कृष्ट टोली हो, उनीहरुसँगको खेल हामीलाई पक्कै सहज हुनेछैन ।’
त्यस्र्त तर्की प्रशिक्षक फतिह टेरिमले पनि पहिलो खेलमा ब्यहोरेको पराजयलाई बिर्सँदै आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए ।
प्रतिक्रिया 4