Comments Add Comment

आयोगमा उजुरी दिनेले मागे सुरक्षा

उजुरी गरिएकाहरुबाट आफूहरु असुरक्षित रहेको भनाइ

TRC-Nepal४ असार, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी गर्नेहरुले आयोगसमक्ष सुरक्षाको माग गरेका छन् ।

झापाको बिर्तामोडमा आयोगका सदस्य र बेपत्ता परिवारबीच शुक्रबार भएको छलफलमा उनीहरुले आफूहरुले दोषी किटान गरेर उजुरी गरिएकाहरुबाट आफूहरु असुरक्षित रहेको बताएका थिए ।  आयेगका सदस्य विष्णु पाठकले असुरक्षित महसुस गर्नेका लागि सुरक्षाका लागि लेखेर पठाउने बताए ।

२०५९ साल पुस १३ सम्झना अधिकारीलाई राज्यले बेपत्ता पारेको भन्दै उनका परिवारका सदस्यले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी दिएका छन् ।

सम्झनाका दाजु नेत्रप्रसाद अधिकारीले आफ्नी बहिनीलाई बेपत्ता बनाउनेहरु राज्यकै उच्च तहमा रहेको र उनीहरुविरुद्ध किटान गरेर उजुरी दिएको बताए । उनले भने,’हामीलाई कि आफन्त देउ, होइन भने मर्यो भनेर जानकारी देऊ। कम्तीमा काज किरिया त गर्न पाउँछौ ।’

राज्यको आंकडाभन्दा ज्यादा बिहीबारसम्म देशभर दुई हजार चार सय १७ जना बेपत्ता भएका परिवारका सदस्यले आयोगमा उजुरी दिएको आयोगले जानकारी दिएको छ । उनीहरुले उजुरी त दिए तर उजुरीकर्ताहरु स्वयं अहिले आएर आफूहरु असुरक्षित रहेको भन्दै आयोसमक्ष सुरक्षा माग गरिरहेका छन् ।

सम्झना अधिकारीसँगै राज्यद्वारा वेपत्ता बनाएका भनिएका चतुरमान राजवंशीकी श्रीमती पूजा खनालले उजुरी दिनेहरुको गोप्य तरिकाबाट सुरक्षा निकायबाट सूचना लिने काम भइरहेकेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment