Comments Add Comment

ग्रानित जाका भर्सेस दिमित्री पायेट

players (4)

ग्रानित जाका, मिडफिल्डर

समूह चरणका अघिल्ला दुई खेलहरुमा म्यान अफ द म्याच चुनिएका स्वीस मिडफिल्डर ग्रानित जाका करिअरकै उत्कृष्ट लयमा छन् । दुवै खेलमा उनी स्वीस टोलीका मिडफिल्डमा प्रभाचवकारी भूमिकामा रहे । ‘पास एक्युरेसी’ र मैदानमा देखिने ‘फिजिकल स्ट्रेन्थ’ एयर बल तथा ग्राउण्ड बल दुवैमा उत्तिकै देखिन्छ ।

उनलाई ब्याक पास दिने तथा समानान्तर पासमात्र दिने आरोपपनि नलागेको होइन, तर उनी स्वीस टोलीका एक मात्र टेक्निकल रुपमा उत्कृष्ट खेलाडी हुन् । मिडफिल्डमा उनले विपक्षी डिफेन्सलाई खुलेर खेल्न दिँदैनन् ।

आगामी सिजनदेखि इंग्लिस जायन्ट आर्सनलबाट खेल्ने पक्कापक्की भइसकेका २३ बर्षीय जाकाले स्वीस टोलीबाट अहिलेसम्म ४४ खेलमा ६ गोल गरेका छन् ।

दिमित्री पायेट, मिडफिल्डर

दिमित्री पायेट यस प्रतियोगितामा अहिलेसम्मका स्टार खेलाडी हुन् । स्वीट्जरल्याण्ड बिरुद्ध आज हुने खेलमा पनि उनीबाट यस्तै अपेक्षा फ्रान्सले राखेको छ । यद्यपी फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगिसकेको छ । आलोकचहरुको मुख बन्द गराउनका लागि इंग्लिस क्लव वेष्टहृयाम युनाइटेडका प्लेमेकर यी खेलाडीले आज स्वीस टोलीबिरुद्धपनि यसअघिकै प्रदर्शनलाई निरन्तरता दिने लक्ष्य लिएका छन् ।

फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पले पहिलो खेलमा अल्वानियाबिरुद्ध ४-३-३ को परम्परागत फर्म्याटमा खेलाएका थिए । तर रोमानियाबिरुद्ध ४-२-३-१ को फर्म्याट परिक्षण गरे । यो फर्म्याट पायेटका लागि उपयुक्त थियो । नम्बर १० पोजिसनमा उनी मुख्य स्ट्राइकरको पछाडिबाट खेल्दा खुलेर खेल्न पाए । तर नतिजा भने समान देखियो । दुवै खेलमा फ्रान्सले अन्त्यतिर गोल गरेर खेल जितेको थियो भने दुवै खेलमा एक एक गोल पायेटले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment