Comments Add Comment

सट्टाबाजीको नेटवर्क ध्वस्त पार्ने प्रहरीको दाबी

जरिवाना र सजायँ बढाउन माग

५ असार, काठमाडौं । प्रहरीले युरोकप फुटबलको सट्टाबाजीमा लागेकाहरुलाई गर्ने जरिवाना र सजायँको मात्रा बढाइनुपर्ने बताएको छ ।

SSP-Bikram-Singh-Thapa
विक्रमसिंह थापा

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विक्रमसिंह थापाले जरिवाना र सजायँको मात्रा कम भएका कारण जुवाडेहरु सट्टाबाजीमा लाग्नबाट हतोत्साही नभएको बताए ।

करोडौं रुपैयाँको सट्टाबाजीमा संलग्न व्यक्तिहरुलाई २ सय रुपैयाँ जरिवाना निकै कम भएको भन्दै जरिवाना र सजायँको व्यवस्था बढाउने गरी कानुन संशोधन गरिनुपर्ने प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताए । तर, उनले कति र कस्तो प्रकारको सजायँ तथा जरिवाना गर्ने भनेर आफ्नो धारणा भने सार्बजनिक गरेनन् ।

सट्टाबाजीको नेटवर्क ध्वस्त पार्ने दाबी

महानगरीय प्रहरीले सट्टाबाजीमा संलग्न भएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । सट्टाबाजीका मुख्य नाइके भनिएका चन्द्रकान्त अग्रवाल भने फरार छन् । प्रहरी वरिष्ठ उपरीक्षक थापाले अग्रवाल र अन्य केही शंकास्पद व्यक्तिको फोन ट्रेस गरिसकेको भन्दै सट्टाबाजीको नेटवर्क ध्वस्त पारेर दखाउने दाबी गरे ।

फ्रान्समा युरोकप फुटबल सुरु भएसँगै नेपालमा सट्टाबाजी सुरु भएको छ । सट्टाबाजी एक प्रकारको जुवा हो । जुवा ऐनमा जुवा खेल्नेहरुलाई २ सय रुपैयाँ जरिवाना तिराउने तथा दोस्रोपटक पक्राउ पर्नेलाई एक देखि ३ महिनासम्म थुनामा राख्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment