Comments Add Comment

साम्राज्ञीले भिडियो खेलेको १ लाख मागिन्, तर ३ दिनपछि खेल्दिन भनिन्

samragyi rajya laxmi
यस्तो लाग्दैछ, अहिले कलाकारहरु विच पारिश्रमिक बढाउने होडवाजी चलिरहेको छ । चलचित्रमा आफू खेल्दा कति रकम निर्मातालाई फिर्ता हुन्छ भन्ने समेत आँकलन नगर्ने केहि कलाकारहरु मनलाग्दी पारिश्रमिक भनिरहेका छन् । म्यूजिक भिडियोमा पनि यो हाल छ ।

केही हप्ता अगाडि मात्र नायिका नम्रता श्रेष्ठले एक म्यूजिक भिडियो खेलेको २ लाख पारिश्रमिक मागेकी थिइन् । भिडियो नखेल्ने हो भने सिधै खेल्दिन भन्दा हुने हो, तर महंगो पारिश्रमिक मागेर केहि कलाकार स्टारडमको घमण्ड देखाउँदैछन् । नेपालमा औलामा गन्न सकिने १-२ जना कलाकार बाहेक अरुको नामबाट चलचित्र चल्दैन ।

अब, अर्की एक नायिकाले पनि म्यूजिक भिडियोका लागि महंगो रकम मागेकी छिन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले एक भिडियोमा खेलेवापत १ लाख मागिदिइन् । अहिले भिडियो बनाउनेहरुको हालत खराब छ । न त भिडियोबाट रकम फिर्ता आउँछ न त फाइदा नै केहि छ । एकाध कलाकार विदेशमा हुने कार्यक्रममा जानैका लागि भिडियो बनाइरहेका छन् ।

सामंाज्ञीले १ लाख मागेपनि उनी र निर्माणपक्षविच ८० हजारमा सहमति भयो । साम्राज्ञीले गीत सुन्न भन्दै अडियो मागिन् । ३ दिनसम्म कुनै जवाफ नदिएकी साम्राज्ञीले पछि हुँदैन भनिछन् ।

म्यूजिक भिडियो खेल्ने केही मोडलहरु महंगो पारिश्रमिक लिने अनि केही रकम आफू अभिनित भिडियोको दर्शक बढाउन पनि खर्च गर्छन् । आफूले खेलेको भिडियो युटुबमा वुष्ट गरेर आफूलाई हिट भएको देखाउन पनि केहि मोडल लागिपरेको वुझिएको छ ।

साम्राज्ञीले १ लाख मागेर, ८० हजारमा खेल्छु भनेर फेरि भिडियो खेलिनन् । भिडियो बनाएर लगानी उठ्ने अवस्था छैन । तर, पनि केहि मोडलहरु महंगो पारिश्रमिक मागिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment