Comments Add Comment

स्पेनले हृयाट्रिक गरेको हेर्ने इच्छा छः एलन न्यौपाने

Alan-Neupane

नेपाली टोलीका गोलपिकर एलन न्यौपाने युरो २०१६मा स्पेनको समर्थक हुन् । त्यसो त जव उनी फुटबल बुझ्न थालेका थिए, स्पेनले विश्व फुटबलमा तहल्का मच्चाउन सुरु गरेको थियो । उनले पहिलो पटक स्पेनलाई समर्थन गरेर सन् २००८ को युरोकप हेरेका थिए । र, २०१२ को युरोमा पनि स्पेनले लगातार दुईपटक उपाधि उचाल्दा एलनले स्पेनिस टोलीको खेलबाट फुटबल स्तर सुधार्ने प्रेरणासमेत पाए ।

म्यानचेस्टर युनाइटेडका गोलपिकर डेविड डी जिया उनका सबैभन्दा मनपर्ने गोलकिपर हुन् । जो अहिले स्पेनिस टोलीको पोष्ट सम्हालिरहेका छन् । तर, उनको प्रेरणा भने रियल म्यडि्रडका पूर्व गोलकिपर इकर कासियास हुन् । उनैको उत्कृष्ट प्रदर्शनको सहयोगमा स्पेनले पछिल्लो १० बर्षमा ३ उपाधि जितेको थियो ।

यो युरोकपमा स्पेनको खेल स्तर भने उनलाई चित्त बुझेको छैन । यसअघिका संस्करणमा स्पेनको गोल्डेन जेनेरेसन थियो, टोलीमा संगठनात्मक संरचना उत्कृष्ट थियो । तर अहिले अनुभवी खेलाडीहरु कम छन् । यद्यपि टोलीले राम्रो प्रदर्शन गरिरहेको छ ।

राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेकाले एलनले जारी युरोका सबै खेलहरु प्रत्यक्ष हेर्न पाएका छैनन् । भन्छन्, ‘बिहान ९ बजेदेखि राष्ट्रिय टोलीको प्रशिक्षण हुन्छ, राति अवेरसम्म बसेर खेल हेर्न सकिँदैन, बिहान हाइलाइट्स हेरेर चित्त बुझाउँछु ।’

यसपटकको युरोमा स्पेनसहित जर्मनी, इटाली र आयोजक फ्रान्सले सेमिफाइनलमा स्थान बनाउने अनुमान एलनको छ । तर, स्पेनले युरोमा हृयाट्रिक गरेको हेर्ने उनको धोको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment