Comments Add Comment

बेलोन डि’ओरको परबाह छैनः इनिएष्टा

Spain-Team

स्पेनिस फुटबल टोलीका प्लेमेकर आन्द्रेस इनिएष्टाले आफूलाई फिफा बर्ष खेलाडी ‘बेलोन डि’ओर उपाधिको कुनै परबाह नरहेको प्रष्ट पारेका छन् ।

बार्सिलोनाका मिडफिल्डर सन् २०१० मा भएको भोटिङमा दोस्रो र २०१२ को संस्करणमा तेस्रो स्थानमा रहे । तर उनले बेलोन डि’ओरमा लिओनल मेसी र क्रिष्टियानो रोनाल्डोको पकड तोड्न सकेनन् । इनिएष्टाले भनेका छन्, ‘बेलोन डि’ओर मेरो पक्षमा कहिल्यै पनि आएन र मलाई लाग्छ यो अनुचित पनि होइन ।’

उनले अघि भने, ‘दुवै लिओनल र क्रिष्टियानो यो पुरस्कारका लागि योग्य थिए । जो सुकैले पनि आफ्नो राय ब्यक्त गर्न पाउँछन्, म महान खेलाडीबाट घेरिएको छु र प्रतिस्पर्धा महत्वपूर्ण हो ।’

स्पेनिस प्लेमेकर इनिएष्टा जारी युरोको सुरुवाती दुई खेलमा म्यान अफ द म्यान हुन् । तर, यसको जस प्रशिक्षक वक्सलाई दिएका छन् । ‘उहाँले आफ्नो जिम्मेबारी शानदार ढंगबाट निभाइरहनु भएको छ’ इनिएष्टाले भने, ‘डेल बक्स एक समझदार ब्यक्ति हुनुहन्छ र उहाँलाई थाहा छ कि के कुरा गर्दा ठीक हुन्छ ।’

६५ बर्षीय स्पेनिस प्रशिक्षक वक्सले स्पेनको पहिलो दुई खेलमा नियमित कप्तान तथा स्टार गोलकिपर इकर कासियासको स्थानमा डेभिड डी जियालाई मौका दिएका थिए ।

र, ३२ बर्षीय इनिएष्टाले प्रार्थाना गरेका छन् कि उनी छिट्टै टोलीमा फर्किउन् । ‘उनी हाम्रो कप्तान हुन्, हाम्रा नेता हुन्’, इनिएष्टाले टिप्पणी गरे, ‘राम्रो र नराम्रो समयमा पनि उनले स्पेनिस फुटबलका लागि ठूलो योगदान गरेका छन् र त उनी अहिले यहाँ छन् । उनी महत्वाकांक्षासहित खेल्छन् । तर निर्णय गर्ने प्रशिक्षकले हो ।’

एनिएष्टाले पनि डी जियालाई साथ दिएका छन् । जसलाई प्रतियोगिता सुरु हुनुभन्दा केहि अघिमात्र प्रहरीले अनुसन्धान सुरु गरेको थियो । उनले भने, ‘उनी एक उत्कृष्ट गोलकिपर हुन्, जसले सुरुवाती दुई खेलमा शानदार प्रदर्शन गरेका थिए’ इनिएष्टाले थपे, ‘उसले आफ्नो स्पष्टिकरण दिइसकेको छ र हामी सबै उसको साथमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment