+
+
Shares

राजनीतिक दबाबमा मिलाइन्छ बोक्सीका मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ७ गते ६:१०

७ असार, काठमाडौं । महिलामाथि हुने बोक्सीका आरोपमा प्रहरीसमक्ष पर्ने गरेका उजुरीहरु अधिकांश राजनीतिक दलका नेताहरुको दबावमा मिलाउने गरिएको छ ।

mahila-himsaसोमबार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय कार्यालय धनुषाले जनकपुरमा आयोजना गरेको बोक्सी आरोपविरुद्ध सचेतना अन्तकि्रया  कार्यक्रममा सरोकारवालाले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा महिला अधिकारकर्मीहरु र सरोकारवालाहरुले राजनीतिक दबाबका कारण बोक्सीका मुद्दाहरुमा पीडितले न्याय पाउन नसकेको आरोप लगाएकाे अाजको अन्नपूर्णमा समाचार छ ।

महिला अधिकारकर्मी उर्मिला यादवले धनुषामा नेताहरुका कारण बोक्सी आरोपमा यातना पाएका महिलाहरुले कानुन नहुँदा पनि न्याय नपाएको बताइन् ।

बोक्सी आरोपमा उजुरप् परेपछि महिला तथा बालबालिका सेलमा छलफलका लागि पठाउने गरिएको र सो सेलमा छलफलका क्रममा प्रहरीसम्म पहुँच भएका राजनीतिक दलका नेताहरुले आर्थिक प्रलोभन नातावाद कृपावादका कारण पीडकहरुको पक्षमा नै रहेर मुद्दा मिलाउन दबाब दिने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?