Comments Add Comment

अनलाइनमा पोर्न हेर्नुअघि यसकारण लगआउट गर्नुस् फेसबुक

pornइन्टरनेटमा एकसाथ एकातर्फ फेसबुक चलाइरहने र अर्कोतर्फ पोर्न साइट हेर्ने गर्नुहुन्छ ? खबरदार ! यदि यसो गर्ने गर्नुहुन्छ भने अबदेखि बानी बदल्नुहोस् र पोर्न साइट हेर्नेबेला फेसबुक अकाउन्ट लगआउट गर्न नभुल्नुहोस् ।

यदि तपाइँले फेसबुक अकाउन्ट लगआउट नगरीकनै कुनै पोर्न साइट हेर्नुभयो भने फेसबुकले तपाइँलाई ट्रयाक गरिरहेको हुनसक्छ । अझ यदि उक्त पोर्न साइटमा फेसबुक प्लगइन रहेको भए त तपाइँको पोर्न साइट सफिर्ंगलाई फेसबुकले ट्रयाक गर्ने सम्भावना उच्च हुन्छ ।

फेसबुकले आफ्ना प्रयोगकर्ताले इन्टरनेटमा कुन साइट तथा कस्ता सामाग्रीहरु बढि खोजतलास गर्दछन् भन्नेे कुराको ट्रयाकिंग गरिरहेको हुन्छ । यसरी बटुल्ने जानकारीको आधारमा उसले प्रयोगकर्ताको न्युजफिडमा सोही अनुरुपका विज्ञापनहरु देखाइदिन्छ ।

फेसबुकको डाटा पोलिसीमा प्रष्ट रुपमा लेखिएको छ: हामीले त्यस समयमा जानकारी संकलन गर्दछौँ जब तपाइँ ती थर्ड पार्टी एप्स वा वेबसाइटमा जानुहुन्छ जसले हाम्रो सेवा (लाइक बटन वा फेसबुक प्लगइन) को प्रयोग गर्दछन् । यसमा तपाइँले हेर्ने वेबसाइट तथा एप्स, ती वेबसाइट तथा एपमा हाम्रो सेवाको प्रयोगको जानकारी सामेल हुन्छ । यसका साथै एप तथा वेबसाइट डेभलपर वा प्रकाशकले हामी र तपाइँलाई जुन जानकारी दिन्छन् त्यो पनि यसमा सामेल हुन्छ ।

द सनको रिपोर्ट अनुसार ७ वर्ष पहिले फेसबुकले भनेको थियो की लाइक तथा शेयर बटन प्रयोगकर्तालाई ट्रयाक गर्नमा प्रयोग गरिनेछैन । त्यस्तै सन् २०११ मा फेसबुकले भनेको थियोः  हामी सोसल प्लगइन्सको जानकारीलाई ९० दिनमा डिलिट गरिदिन्छौँ र त्यस्तो जानकारी कसैलाई पनि बेच्दैनौँ ।

त्यसपछि भने फेसबुकले आफ्नो नीति बदल्दै लाइक, शेयर तथा लगइन विथ फेसबुक जस्ता सर्भिसलाई प्रयोगकर्ताको जानकारी बटुल्नमा प्रयोग गर्न थालेको छ । त्यसैले जब तपाइँ लाइक तथा शेयर बटनवाला एप वा वेबसाइटको प्रयोग गर्नुहुन्छ तब त्यस डाटालाई ब्ीब्ःथ् नामक कम्पनीले प्राप्त गर्दछ ।

फेसबुकले हालै प्रकाशित गरेको एक ब्लग पोष्टBringing People better ads मा भनेको छ की प्रयोगकर्ताहरुले आफुले अनावश्यक तथा अरुचीकर विज्ञापनहरु हेर्नुपरेको गुनासो गरिरहेका छन् ।

यस्तो अवस्थामा आफ्ना प्रयोगकर्तालाई राम्रोखालका विज्ञापन दिनका लागि आफ्नो सेवालाई उत्कृष्ट बनाउन फेसबुकले कोसिस गरिरहेको छ । यद्यपि उसले अझैपनि यसका लागि प्रयोगकर्ताले हेर्ने वेबसाइटहरु ट्रयाक गर्ने गर्दछ ।

तर खुसीको खबर पनि छ । यदि तपाइँ फेसबुकले विज्ञापनका लागि आफ्नो ब्राउजिंग हिस्ट्री ट्रयाक नगरोस् भन्ने चाहनुहुन्छ भने यसको पनि विकल्प छ । फेसबुकका ग्लोबल प्राइभेसी विभागका उपाध्यक्षले आफ्नो ब्लग पोष्टमा यस बारेमा बताएका छन् । भलै फेसबुकले तपाइँले हेर्ने साइट तथा एप्सको डाटालाई विज्ञापनमा उपयोग नगर्ला तर तपाइँले कुन पोर्न साइट हेर्नुभएको छ भन्ने जानकारी चाहीँ राख्दछ । त्यसैले कुनैपनि पोर्न साइट हेर्नुअघि आफ्नो फेसबुक अकाउन्ट लगआउट गर्नु उत्तम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment