Comments Add Comment

ग्यारेथ म्याकली भर्सेस जेरोम बोटिङ

PLAYER

ग्यारेथ म्याकली

जारी फ्रान्स युरोमा उत्तरी आयरल्याण्डको आशा र भरोषाको प्रतीक कुनै खेलाडी छन् भने उनी ग्यारेथ म्याकली नै हुन् । ३६ बर्षीय स्टार डिफेण्डर युरो २०१६ मा उत्कृष्ट लयमा खेलिरहेका छन् ।

समूहको दोस्रो चरणमा युक्रेनबिरुद्धको खेल आइरिस समर्थकले उनकै नाममा समर्पित गरे । त्यस खेलमा सुरुवाती गोल उनैले गरेका थिए । इंग्लिस क्लव वेष्टब्रुमका स्टार तथा रणनीतिक बिशेषज्ञ ग्यारेथको त्यस गोललाई आइरिस लोककथासँग जोड्जन थालिएको छ ।

एदाहरणका लागि अगंणी ग्यारेथ यस्तो ठूलो चुनौति एक्लैले पार लगाउनसक्ने खेलाडी अवश्य होइनन् । यद्यपी जर्मनीका प्रशिक्षक जोचिम लो ले बराबरीमा सकिएको पोल्याण्डबिरुद्धको खेलमा गोल गर्न नसकेका आफ्ना स्ट्राइकरहरुको आलोचना गरेका थिए । मारियो गोट्जे र मेसुट ओजिलमाथि नजर राख्नु निशन्देह ठूलो जिम्मेबारी हो ।

३६ बर्षीय ग्यारेथले नर्दन आयरल्याण्डका लागि ६३ क्याप जितेका छन् भने ८ गोल गरेका छन् । त्यस्तै व्यवसायिक करिअरमा सन् २०११ इता वेष्टब्रुमबाट खेलेका १५८ खेलमा ९ गोल गरेका छन् ।

जेरोम बोटिङ

जारी युरोमा जर्मन टोलीमा अहिलेसम्म कुनै खेलाडीको प्रदर्शन उल्लेखगर्न लायक देखिदैन । सायद हुनसक्छ जेरोम बोटिङमात्र एक हुन जसले आफ्नो जिम्मेबारी कुशलतापूर्वक निर्बाह गरिरहेका छन् । २७ बर्षीय सेन्टर डिफेण्डर बोटिङले मैदानमा आफुलाइ प्राकृतिक नेताको रुपमा बिकास गरेका छन्, पहिले उनको प्रदर्शन र त्यसपछि उनले ब्यक्त गर्ने बिचार ।

बर्लिनमा जन्मिएका यी डिफेण्डर करिव ३ बर्ष पहिले बार्यनबाट बाहिरिने सोचमा थिए । त्यतिबेला उनको फर्म बिगि्रएको थियो भने व्यक्तिगत कमजोरी धेरै हुने गरेको थियो, जसबाट उनी केहि बिचलित थिए । तर उनले धैर्यता टुटाएनन् ।

जारी युरोपमा उनले जर्मनीको रक्षापंक्तिको नेतृत्व गरिरहेका छन्, जुन उत्तरी आयरल्याण्डजस्तो टोलीका लागि अत्यन्तै महत्वपूर्ण हुनेछ । बिपक्षीको बल क्लियर गर्न माहिर मानिने उनको खेलमा तीव्रता र प्रविधिक रुपमा पनि चुस्तता छ ।

उनको आत्मविश्वासले जर्मनीको टोलीलाई आजको खेल जिताएर समूह बिजेताको रुपमा दोस्रो चरणमा पुर्‍याउन सहयोग गर्नेछ । उनले जर्मन टोलीबाट ६१ क्याव जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment