Comments Add Comment

फोरम नेपालका अध्यक्ष यादव र अष्ट्रेलियाका पूर्वमन्त्री बर्कबीच भेटवार्ता

७ असार, अष्ट्रेलिया । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र अष्ट्रेलियन मन्त्री टोनी बर्कबीच सिड्नीमा भेटवार्ता भएको छ ।

Upendra-Yadavभेटवार्तामा नेपालको समसामयिक राजनीति, नेपालको नयाँ संविधान, मधेसी आदिवासी जनजाति सम्मिलित संघीय गठबन्धनको नेतृत्वमा जारी आन्दोलन र अष्ट्रेलियामा रहेका नेपाली आप्रवासीका समस्या लगायतका बिषयमा दुई पक्षबीच छलफल भएको छ ।

सिड्नीमा भएको भेटमा पूर्व परराष्ट्र मन्त्री यादवलाई स्वागत गर्दै बर्कले नेपालको संविधान र जारी आन्दोलनबारे चासो राखेको भेटवार्ताको व्यवस्थापन गरेका नेपाली संघीय समाज अष्ट्रेलियाका अध्यक्ष गणेश तामाङले जानकारी दिए ।

यसअघि नेपाली संघीय समाज अष्ट्रेलियाले सिड्नीमा आयोजना गरेको अन्तरक्रियामा सिड्नीका सांसद् सोफी कोटसिस र क्याटबरीका मेयर कार्ल सालेहले पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवलार्इ स्वागत तथा सम्मान गरेका थिए ।

नेपाली संघीय समाज अष्ट्रेलियाको निमन्त्रणामा फोरम नेपालका अध्यक्ष यादव साता लामो भ्रमणका लागि गत शुक्रबार अष्ट्रेलिया प्रस्थान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment