Comments Add Comment

काबुलमा मृत्यु भएका नेपालीको शव र घाइतेलाई लिन सरकारले जहाज पठाउने

kabul_blast

७ असार, काठमाडौ । अफगानिस्तानको राजधानी काबुलमा तालिवानले गरेको काबुलमा मृत्यु भएका र घाइते भएका नेपालीहरुलाई स्वदेश ल्याउन सरकारले जहाज पठाउने भएको छ ।

परराष्ट्रमन्त्री कमल थापाले शव ल्याउन जहाज पठाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

मन्त्री थापाले ट्वीटरमा लेखेका छन्, ‘अफगानिस्तानमा आतंककारी हमलामा निधन भएका नेपालीहरुको शव र घाइतेहरु लिन सरकारले नेपालबाट जहाज पठाउने निर्णय गरेको छ । त्यसको आबश्यक तयारी हुँदैछ ।’

सोमबार काबुलमा नेपाली सुरक्षा गार्ड सवार मिनि बसमा आत्मघाती आक्रमण हुँदा १२ नेपालीको मृत्यु भएको नेपाल सरकारले जनाएको छ । तर, अफगानिस्तानको गृह मन्त्रालयले भने सो आक्रमणमा मृत्यु भएका नेपालीहरुको संख्या १४ रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment