Comments Add Comment

म्याग्दीमा भेडापालन व्यावसायिक बन्न सकेन

७ असार, म्याग्दी । दुर्गम गुर्जामा परम्परागत रुपमा हुँदै आएको भेडापालन अझै व्यावसायिक बन्न सकेको छैन । गुर्जाका स्थानीयले वर्षौंदेखि निर्वाहमुखी रुपमा भेडापालन गर्दै आएका छन् । अहिले गुर्जामा दुई दर्जन घरधुरी भेडापालनमै आवद्ध छन् । तर उनीहरुले यसबाट व्यावसायिक सफलता प्राप्त गर्न सकेका छैनन् ।

Bheda-Bokaवर्षौंँदेखि भेडापालन गर्दै आएका निलप्रसाद छन्त्याल घरखर्च जुटाउन धौधौ हुने गरेको बताउँछन् । “भेडापालनको लागि पाखा पखेरामै जीवन बित्यो, सामान्य घरखर्च चलाउन बाहेक अरु केही उपलब्धि भएन” उनले भने ।

गुर्जाको खेग्यास खर्कमा भेडालाई चरणक्षेत्रमा लैजाँदै गरेका छन्त्यालले आफूहरुले परम्परागतशैलीमा गर्दै आएको भेडापालनलाई व्यावसायिक बनाउन सरोकारवाला निकायबाट सहयोगको अपेक्षा गरे ।

“भेडा यही नै खपत हुन्छ, बिक्री गर्नका लागि कुनै समस्या छैन, विभिन्न अवसरमा बलि दिने प्रचलनले समेत भेडा गोठबाटै बिक्री हुन्छ” किसान तीर्थ छन्त्यालले भने । सदरमुकाम बेनीदेखि २६ कोषको दुरीमा रहेका किसान सरकारी सेवा सुविधाबाट वन्चित हुँदै आएका छन् ।

विभिन्न समयमा खोरेतलगायत रोगले भेडा मर्ने गरेका छन् । यहाँका किसानले झन्डै पाँच हजार भेडा पालेका छन् । गुर्जामा भेडासँगै बाख्रा, गाईभैँसीको व्यावसायिक पालनको अत्यधिक सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment