Comments Add Comment

किसानलाई मोबाइल र सिम उपहार !

mobile८ असार, काठमाडौं । सरकारले आगामी साउनदेखि किसानलाई महँगो खालको स्मार्ट मोबाइल फोन सेट र सिम निः शुल्क उपलव्ध गराउने भएको छ । यसका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।

किसानलाई प्रविधि मैत्री बनाउन गत चैतदेखि नै मोबाइल र सिम वितरणको योजना बनाइएको भए पनि प्रक्रियागत ढिलाइका कारण साउनदेखि मात्र कार्यान्वयनमा आउनेछ ।

सरकारले यस्तो मोबाइल र सिमकार्डको सहयोगमा खाद्यान्य, तरकारी , तेलहन, दलहन, मल तथा विषादी, मौसमको अवस्था, खेती, प्रविधि, बजारको अवस्थालगायतका सुविधा किसानलार्य निशुल्क उपलव्ध गराउने तयारी गरेको अाजको अन्नपूर्णमा समाचार छ ।

यति मात्रै होइन विश्व बैंकको सहकार्यमा कार्यान्वयनमा आएको जलबायु प्रकोप समउत्थान आयोजनाअन्तर्गतको कृषिव्यवस्थापन सूचना प्रणालीले विकास गरेको कृषि एप्स पनि मोबाइलमार्फत किसानलाई उपहार दिन लागिएको हो ।

किसानलाई सिम र मोबाइल निःशुल्क वितरण गर्न नेपाल टेलिकमसँग द्विपक्षीय सम्झौता भएर अहिले सुम उत्पादन गर्ने काम भइरहकेो छ ।

यो सुविधा तीन चरणमा विस्तार गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा धनकुटा, सुनसरी, सिरहा, काभ्रे, बारा, रुपन्देही, बाँके र जुक्लाका किसानलाई यो सुविधा पुर्‍याइनेछ , दोस्रो चरणमा संखुवासभा, झापा, मोरङ, सप्तरी, महोत्तरी,चितवन, सुर्खेत, डोटी, रुकुम, कैलाली लगायतका जिल्लामा वितरण गर्ने कार्यक्रम रहेको छ ।

एउटा जिल्लामा ५० वटा मोबाइल सेट किसानको समूहलाई वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment