+
+

मेची भन्सारमा लक्ष्यअनुसार राजस्व सङ्कलन नहुने

रासस रासस
२०७३ असार ८ गते १०:५४

८ असार, काँकडभिट्टा (झापा) । चालु आर्थिक वर्ष २०७२÷७३ मा मेची भन्सार कार्यालय काँकडभिट्टाले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसक्ने जनाएको छ ।

mechi-vansaarकार्यालयले चालु आवको ११ महिनामा कुल लक्ष्यको ८५.९९ प्रतिशत वा  ६ अर्ब ४१ करोड ४३ लाख ५७ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन गर्न सफल भएको जनाएको छ ।

कार्यालयले सात अर्ब ४५ करोड ९८ लाख २७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयका अनुसार अन्तःशुल्क, भन्सार महसुल, मूल्य अभिवृद्धि कर शीर्षकमा सो राजस्व सङ्कलन गरेको हो ।

नेपालमा जारी भएको संविधानले मधेसी मोर्चाको मागलाई सम्बोधन नगरेको भन्दै सीमा क्षेत्रमा भारतले गरेको नाकाबन्दीका कारण कार्यालयले लिएको राजस्वको वार्षिक लक्ष्य प्रभावित भएको मेची भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारीले बताए।

प्रमुख अधिकारीका अनुसार अघिल्लो आवमा कार्यालय लक्ष्यभन्दा १०२.८४ प्रतिशतले बढी राजस्व सङ्कलन गर्न सफल भएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?