+

खुट्टा सुन्निने समस्या छ ? यी ६ रोगको संकेत पनि हुनसक्छ

२०८१ जेठ  १५ गते १३:५८ २०८१ जेठ १५ गते १३:५८
Shares
खुट्टा सुन्निने समस्या छ ? यी ६ रोगको संकेत पनि हुनसक्छ

खुट्टा सामान्य सुन्निने समस्या त धेरैमा देखिन्छ । लामो दूरीको बस वा हवाईजहाजमा यात्रा गर्दा, लामो समय उभिएर यात्रा वा काम गर्दा, कीराले टोक्दा, लड्दा, कतै ठोक्किएर लाग्ने चोटपटक लाग्दा, हड्डी भाँचिंदा खुट्टा सुन्निन्छ । गर्भावस्थामा महिलाको खुट्टा पनि सुन्निन्छ । सीमित अवधिसम्म हुने यस्ता समस्या सामान्य नै हुन्, जुन केही समयपछि आफैं निको हुन्छ ।

तर कतिपय अवस्थामा विना चोटपटक मुटु, मिर्गौला र कलेजो जस्ता अंगमा समस्या आउँदा दिनहुँजसो खुट्टा सुन्निनुका साथै अन्य लक्षण देखिन सक्छ । त्यसैले खुट्टा सुन्निएको छ भने कारण पत्ता लगाउन तुरुन्त परीक्षण गराइहाल्नुपर्छ ।

खुट्टा सुन्निएको कसरी थाहा पाउने ?

सामान्यतया रक्तसञ्चार राम्रोसँग नहुँदा खुट्टा सुन्निन्छ । खुट्टाको हड्डी वा गोलीगाँठो माथि औंलाले थिच्दा सुन्निएको भए खाल्डो परेको देखिन्छ । यस्तोमा जुत्ता लगाउँदा कठिन हुने, हिंड्न असहज हुने र दुखाइ पनि हुनसक्छ ।

यी रोगको संकेत हुनसक

डिप भेन थ्रोमब्रोसिस

सामान्यतया खुट्टा दुवै सुन्निने गर्छ । तर एउटा मात्र खुट्टा बारम्बार सुन्निरहन्छ भने रक्तनलीमा समस्या भएको संकेत हुनसक्छ, जसलाई डिपभेन थ्रोमब्रोसिस भनिन्छ । डिपभेन थ्रोमब्रोसिस भनेको नसामा रगत जम्ने समस्या हो । जो शरीरको जुनुसुकै भागमा हुनसक्छ ।

तर धेरैजसो अवस्थामा यो शरीरको तल्लो भागहरू तिघ्रा वा खुट्टामा देखिन्छ । खुट्टाको नसामा रगत जमेको खण्डमा रगत प्रवाह हुन पाउँदैन । यसले रगतलाई मुटुमा फर्काउनबाट रोक्न गई खुट्टा सुनिन्छ ।

यस्तो संकेत देखिएमा स्वास्थ्य परीक्षण गराइहाल्नुपर्छ । चिकित्सकले लक्षण हेरी शंकास्पद लागेमा डुप्लेक्स अल्ट्रासोनोग्राफी, भेनोग्राफी र रगत परीक्षण गरी जाँच गर्न सक्छन् ।

मुटुमा समस्या

मुटुमा समस्या हुँदा पनि खुट्टा सुन्निन सक्छ । खुट्टा सुन्निनेसँगै राति सास फेर्न गाह्रो हुने, हिंड्दा स्याँ स्याँ हुने समस्या हुनु मुटुरोगको संकेत हुनसक्छ । वास्तवमा मुटुले २४ घण्टा नै रगत पम्प गरिरहेको हुन्छ । कुनै कारणवश मुटुमा समस्या भई मुटुले पम्प गर्न सकेन भने शरीरको तल्लो भागहरुमा तरल पदार्थ जम्मा भई खुट्टा र औंलाहरूमा सुन्निन सक्छ ।

तसर्थ, यी लक्षण देखिएमा इको र ईसीजीबाट मुटुको समस्याबारे पत्ता लाग्न सक्छ ।

बाथरोग  

बाथको समस्या हुनेहरुको जोर्नीमा युरिक एसिड नामक क्रिस्टल (ढुंगा) जम्मा हुन्छ, जसले खुट्टामा अत्याधिक दुखाइका साथै सुन्निने समस्या हुन्छ । सामान्यतया खुट्टाको बूढीऔंलामा बढी दुखाइ हुन्छ । यद्यपि, यो रोगको उपचार छैन । जीवनशैली सन्तुलनमा राखेर नियन्त्रण गर्न सकिन्छ ।

मिर्गौलामा समस्या

खुट्टा सुन्निनुको अर्को कारण हुनसक्छ मिर्गौलामा समस्या । जब मिर्गौलामा सोडियम सही मात्रामा पुग्दैन । मिर्गौलाले राम्रोसँग आफनो कार्य गर्न सक्दैन । मिर्गौलाले काम गर्न नसके खुटटा सुन्निनुका साथै सास फेर्न कठिन हुनु, पिसाब कम लाग्नु, बिहान उठ्दा आँखा र मुख सुन्निनसक्छ ।

यस्ता लक्षण देखिएमा मिर्गौलासम्बन्धी समस्या हो कि होइन भनेर पहिचान गर्न पिसाब र रगतको परीक्षण गराउनुपर्छ ।

कलेजोमा समस्या

कहिलेकाहीं कलेजोले एल्बुमिन नामक प्रोटिन उत्पादन गर्न बन्द गर्छ । यो एक प्रोटिन हो जसले रक्तनलीबाट रगत चुहिनबाट रोक्छ । यदि शरीरमा यो प्रोटिनको कमी छ भने रक्तनलीबाट रगत बग्न सक्छ । जसकारण खुट्टामा तरल पदार्थ जम्मा हुन्छ र खुट्टा सुन्निन्छ ।

खुट्टा सुन्निएसँगै जन्डिस, चोटपटक लाग्ने, भोक नलाग्ने, पिसाबको रङ परिवर्तन हुने, शरीरमा ऊर्जाको कमी हुने जस्ता लक्षणहरू महसुस हुन्छ भने कलेजो परीक्षण गराउनुपर्छ । यस्तो समस्या प्राय: धेरै रक्सी खानेमा देखिन्छ । उनीहरुमा कलेजो बिग्रिएर खुट्टा सुन्निनुका साथै पेट र फोक्सोमा पानी जम्ने समस्या देखिन्छ ।

भेरीकोज भेन

भेरीकोज भेन अर्थात् नसा फुल्ने समस्या हुँदा पनि खुट्टा सुन्निछ । यो समस्याले कुनै पनि शरीरको नसामा प्रभाव पार्छ । तर सबैभन्दा बढी खुट्टाको पन्जामा असर देखाउँछ । जसकारण खुटटा सुन्निने, दुख्ने र हेर्दा नसा मोटो आकारमा फुलेको देखिन्छ ।

प्राय: लामो समयसम्म उभिएर बस्ने पेसा जस्तै, नर्स, शिक्षक, प्रहरी, ट्रफिक, सुरक्षागार्ड, वेटरमा यो समस्या देखिनसक्छ ।

यस्तो समस्या देखिए तुरुन्तै परीक्षण गराउनुपर्छ । किनकि भेरीकोज भेनको जति छिटो पहिचान भयो, त्यति छिटो उपचार र निको हुने सम्भावना रहन्छ ।

डा. अमित गौली स्वास्थ्य हातखुट्टा सुन्निने
डा. अमित गौली
लेखक
डा. अमित गौली
कन्सल्टेन्ट फिजिसियन, इन्टरनल मेडिसिन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ११३६२ अध्ययन : एमबीबीएस, एमडी हाल काठमाडौंको धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची