Comments Add Comment

पानासोनिकले भित्रायो चार नयाँ स्मार्टफोन

Panasonic-P55-Novo-plus
८ असार, काठमाडौं । एलाइड ट्रेड लिंकले नेपाली बजारमा पानासोनिकका नयाँ स्मार्टफोन नेपाली बजारमा भित्राएको छ । कम्पनीले ७ हजारदेखि २२ हजार रुपैयाँसम्मका स्मार्टफोन नेपाल ल्याएको हो ।

कम्पनीले पानासोनिक टि-४४, टि-५०, आर्क र मार्क गरी चार मोडल नेपाल भित्राएको छ ।

टि-४४ : यस मोडलमा ४ इञ्चको डिस्प्ले, एन्ड्रोइड ६.० मार्समोलो अपरेटिङ सिष्टम, क्वार्डकोर प्रोसेसर, १ जिबी र्‍याम, ८ जिबी मेमोरी, ५ मेगापिक्सल ब्याक क्यामेरा, २ मेगापिक्सल फ्रन्ट क्यामेरा, २४०० एमएएच क्षमताको ब्याट्रि लगायत छन् । स्यामपेन गोल्ड तथा इलेक्ट्रिक ब्लु रङमा उपलब्ध यो मोडलको मूल्य ६ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

टि-५० : यो मोडलमा ४.५ इञ्चको डिस्प्ले, एन्ड्रोइड ५.१ ल्लिपप अपरेटिङ सिष्टम, क्वार्डकोर प्रोसेसर, १ जिबी र्‍याम, ८ जिबी मेमोरी, ५ मेगापिक्सेल ब्याक क्यामेरा, २ मेगापिक्सेल फ्रन्ट क्यामरा, १६०० एमएएच ब्याट्रि लगयातका फिचरहरु छन् । स्यामपेन गोल्ड तथा डार्क ब्लु रङमा उपलब्ध यो मोडलको मूल्य ८ हजार ४ सय ९० रुपैयाँ रहेको छ ।

PanasonicT33

आर्क : यो ४.७ इञ्चको डिस्प्ले भएको स्मार्टफोन हो । यसमा एन्ड्रोइड ५.१ ललिपप अपरेटिङ सिष्टम, क्वार्डकोर क्वालकम स्न्यापड्रागन प्रोसेसर, २ जिबी र्‍याम, १६ जिबी मेमोरी, ८ मेगापिक्सेल ब्याक क्यामेरा, ५ मेगापिक्सेल फ्रन्ट क्यामेरा, १८०० एमएएच ब्याट्रि रहेको छ । सुनौलो रङमा रहेको यो मोडलको मूल्य १९ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

मार्क : यो मोडलमा ५.५ इञ्चको डिस्प्ले, एन्ड्रोइड ललिपप अपरेटिङ सिष्टम, अक्टा कोर क्वालकम स्न्यापड्रागन प्रोसेसर, २ जिबी र्‍याम, १६ जिबी मेमोरि, १३ मेगापिक्सेल ब्याक क्यामेरा, ५ मेगापिक्सेल फ्रन्ट क्यामरा, २५०० एमएएच ब्याट्रि रहेको छ । यसको मूल्य २१ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment