Comments Add Comment

रामकृष्ण भन्दैछन् धारिलो रै’छ माया

Ramkrishna-Dhakalकाठमाडौं । रामकृष्ण ढकालको गीत सुनेर र भिडियो हेरेर मनोरञ्जन लिने दर्शकका लागि खुसीको खबर । उनको नयाँ भिडियो सार्वजनिक भएको छ ।

‘धारिलो रैछ माया’ बोलको गीतमा रामकृष्णको स्वर रहेको छ भने आनन्द अधिकारीको शब्द रहेको छ । शेखर सन्तोषको संगीत रहेको यस भिडियोमा विवेक, निक्की, सन्दीप र तारामले फिचरिङ गरेका छन् ।

आफ्नो गीतमा आफैं मोडलिङ गर्दै आएका ढकाललाई यो भिडियोमा पनि दर्शकले देख्न पाउछन् तर, मुख्य भुमिकामा छैनन् ।

पछिल्लो समय अभिनयमा कम देखिन थालेको बताउने ढकालले निर्देशकको चाहना अनुरुप मात्रै काम गरेको दावी गरे । ‘कुनै पनि भिडियोमा मेरो रहरले म देखिएको हैन निर्देशकले अर्‍हाउदा मात्रै मैले काम गर्ने अभिनय गर्ने गरेको छु’ अनलाइनखबरसंग कुरा गर्दै भने ।

कुनै वेला सबै भन्दा धेरै एल्बम बिक्री हुने गायकको रुपमा चिनिन्थे ढकाल । चलचित्र ‘आशिर्वाद’मा नायक समेत बनेका ढकाल अन्य चलचित्रमा भने देखिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment