Comments Add Comment

एडम नेगी भर्सेस आन्द्रे गोमेस

player (1)

एडम नेगी

हंगेरीयन क्लव फेरेन्कभारोसका २१ बर्षे युवा स्टार एडक नेगीले यसअघिका दुई खेलका आइसल्याण्ड र अष्ट्रिया बिरुद्ध प्रभावशाली र असाधारण प्रदर्शन गरेका थिए । उनले यसअघिका दुईखेलमा ९० पास उपलब्ध गराएका थिए ।

उनी मुख्यतः मिडफिल्डर हुन्, तर रक्षात्मक रुपमा पनि उनको प्रदर्शन पछिल्लो दुई खेलमा उत्कृष्ट छ भन्ने कुरा यो आंकडाले देखाउँछ । पछिल्ला दुई खेलमा उनले ७ ट्याकल, ४ अवरोध र १ बचाउ गरेका छन् । हंगेरीको राष्ट्रिय टोलीबाट उनले १० क्याप जितेका छन् ।

आन्द्रे गोमेस

गोमेस जारी युरोमा पोर्चुगिज टोलीका अहिलेसम्मका सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । बल पोजिसनमा बुद्धिमता र पास दिले तीक्ष्ण क्षमताका कारण अघिल्ला दुई खेलमा पोर्चुगलका सबैजसो आक्रमणको लागि उनैको खुट्टाबाट बल निस्किएको छ ।

तर एउटा प्रश्न के छ भने पोर्चुगिज मिडफिल्डमा उनलाई कसले सघाउँदैछन् ? स्पेनिस क्लव भ्यालेन्सियाका २२ बर्षे युवा स्टार गोमेसले युरोका अघिल्ला दुई खेलमा गरेको प्रदर्शले इंग्लिस महारथी म्यान्चेस्टर युनाइटेड लोभिएको बताइन्छ । तर उसले हंगेरी बिरुद्धको गर या मर को खेलमा गोमेसको रचनात्मक प्रदर्शनको अपेक्षा गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment