Comments Add Comment

श्राद्धको प्रसाद खाँदा पन्ध्रजना बिरामी

९ असार, नुवाकोट। नुवाकोटको जिलिङमा श्राद्धको प्रसाद खाँदा एकै वडाका १५ जना बिरामी परेका छन् ।

nuwakot mapजिलिङ–२, बेँसीथोकका खेमप्रसाद पुडासैनीको घरमा मङ्गलबार दिउँसो श्राद्धको प्रसाद खाएका १५ जना बिरामी भएका हुन् । प्रसाद खाएकाहरु बुधबार दिउँसोदेखि बिरामी पर्न थालेको स्थानीय शिक्षक टीकाबहादुर पुडासैनीले जानकारी दिए ।

बिरामीमा पखाला लाग्ने, बान्ता हुने र उच्च ज्वरो आउने लक्षण देखिएको छ । बिरामीको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । बिरामीमध्ये जटिल अवस्थामा श्राद्ध गर्ने घरधनी खेमप्रसादकी श्रीमती ३५ वर्षीया ईश्वरी तथा छोरा ११ वर्षीय प्रतीकलाई थप उपचारका लागि राजधानी पठाइएको छ ।

यस्तै, गम्भीर बिरामी भएका १३ वर्षीया सुरक्षा पुडासैनी र ३५ वर्षीया लक्ष्मी पुडासैनीलाई पनि थप उपचारका लागि राजधानी पठाइएको जिल्ला अस्पताल त्रिशूलीले जनाएको छ । बाँकी ११ जनाको त्रिशूलीमै उपचार भइरहेको छ । अस्पतालका चिकित्सकले बिरामीको लक्षण हेर्दा ‘फुड पोइजन’को कारण बिरामी परेको हुनसक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment