Comments Add Comment

सवारी दुर्घटनामा ११ महिनामा ७० जनाले ज्यान गुमाए

Car-and-Motercycle-Accident९ असार, चितवन । चितवनमा ११ महिनाको अवधिमा सावारी दुर्घटनामा ७० जनाले ज्यान गुमाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गएको असार देखी जेठ मसान्तसम्म भएको एक सय ३९ वटा सावारी दुर्घटनामा ७० जनाले जयान गुमाएका हुन् ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजन भेटवालका अनुसार चैत महिनामा सबैभन्दा बढी दुर्घटना भएकोमा कात्तिक महिनामा सबैभन्दा धेरै १० जनाको ज्यान गएको थिए ।

चालु आर्थिक वर्ष २०७२/०७३ को ११ महिनाको अवधिमा माघ महिनामा सबैभन्दा थोरै पाँच वटा सवारी साधन दुर्घटनामा परि पाँच जना व्यक्तिले ज्यान गुमाएका थिए । यस अघिल्लो वर्षभन्दा यस वर्ष सवारी दुर्घटनामा कमी आउनुमा ट्राफिक शिक्षा उपयोगी भएको प्रहरी निरीक्षक भेटवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment