Comments Add Comment

गोली हानेर ‘गुण्डा नाइके’ जसवन्त पक्राउ

Jasbanata-gurung

९ असार, काठमाडौं । प्रहरीले ‘गुण्डा नाइके’ जसवन्त गुरुङ भन्ने पूर्ण राईलाई गोली हानेर पक्राउ गरेको छ । महानगरीय प्रहरीको अपराध महाशाखाको टोलीले उनलाई बिहीबार दिउँसो विजुलीबजारबाट पक्राउ गरेको हो ।

पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै जाइलागेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । राईको तिघ्रा र पिँडुलामा गरी दुई राउण्ड गोली लागेको छ । र, अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

राईविरुद्ध कालिमाटी, कलंकी क्षेत्रका होटल रेष्टुँराहरुमा धम्क्याएर रकम उठाउने गरेको भन्दै उजुरी परेको महाशाखा प्रमुख सर्वेन्द्र खनालले बताए । जसवन्तविरुद्ध बाफल, कलंकी र कालिमाटी क्षेत्रका व्यवसायी र स्थानीयले उजुरी दिएको उनले बताए । लगतै आफू उनले डीएसपी रमेश थापालाई राईलाई पक्राउ गर्न आदेश दिए ।

खोजीका क्रममा जसवन्त विजुलीबजार क्षेत्रमा रहेको खबर पाएपछि प्रहरी टोली त्यहीँ पुगेको थियो । चार वटा मोटरसाइकलमा सहयोगीसहित हिडिरहेको जसवन्तलाई रोक्न खोज्दा रडले आक्रमण गर्न खोजेको प्रहरीको दाबी छ ।

के हुन जसवन्त ?

एसएसपी सर्वेन्द्र खनालका अनुसार जसवन्त राईको पुरानो घर थानकोटतिर हो । पछिल्लो समय बाफलमा बस्दै राई समिर बस्नेतको समूहमा थिए ।

समिरकै आडमा गुण्डागर्दी गर्दै आएका उनी प्रहरीको पक्राउ सूचीमा समेत थिए । अपराध महाशाखा प्रमुख एसएसपी खनाल भन्छन्, ‘३ वटा भन्दा बढी ज्यान मुद्धा, त्यतिकै संख्यामा सार्वजनिक मुद्धा खेपेर पनि नसुर्धिएको राई काठमाडौंका नामुद गुण्डा हुन् ।’

नेपागञ्जलाई आधार इलाका बनाएर गुण्डागर्दीमा सक्रिय रिगल गुरुङसँग पनि राईको सम्बन्ध रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment