Comments Add Comment

‘डी’ र ‘ई’ ग्रेड ल्याउने सबैले सीपमुलक तालिम लिन नपाउने !

SLC-Exam-at-Rautahat१० असार, काठमाडौं । एसएलसीमा सहभागी सबैले थप अध्ययनमा अवसर पाउने शिक्षा मन्त्रायको निर्णय छ ।  तर, सबैले सीपमुलक तालिममा समेत अवसर नपाउने भएका छन् ।

दुई विषयमा डि र ई ग्रेड आउने सबैका लागि पनि प्राविधिक तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) मा क्षमता छैन ।
सिटिइभिटीका सदस्य सचिव डा. रामहरी लामिछानेका अनुसार टी एसएलसी र डिपेलोमा तहको कार्यक्रमका लागि ४५ हजारको क्षमता छ । तर २०७२ सालको एसएलसीमा एउटै विषयमा झण्डै साढे एक लाख विद्यार्थीको ई ग्रेड आएको छ ।

कक्षा ११ मा मैथिली हिन्दी नेवारी उर्दू, फ्रेन्च, जापानिज, जर्मन, चाइनिज र अरू भाषा अध्ययन गर्न कम्तिमा जिपिए १.६ चाहिन्छ ।  र,  अंग्रेजीमा डि ल्याएर भर्ना पाउने व्यवस्था छ ।

सिटिइभिटीका सूचना अधिकारी मनोज न्यौपानेका अनुसार करिब २६ हजारको हाराहारीमा मात्र टी एसएलसीमा पढाउन सक्ने क्षता छ ।

यसअघि  सिटिइभिटीले एसएलसी उत्तीर्ण भएका र अनुत्तीर्ण भएका विद्यार्थीका लागि छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्दै आएको थियो । यस वर्षदेखि एउटै कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment