+
+
Shares

छोराले माथिल्लो जातको केटीसँग बिहे गर्दा बाबुलाई जुत्ताको माला

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १० गते ६:३५

marrige१० असार, काठमाडौं । छोराले अन्तरजातीय प्रेम विवाह गरेको आरोपमा गाउँका मुखिया (पूर्व गाविस अध्यक्ष) र अगुवाहरूले बाबुलाई जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका छन् ।

वीरगन्ज उपमहानगरपालिका २१ भवानीपुरका ६४ वर्षीया शिवपुजन शाह तेलीलाई बुधबार गाउँका मुखिया र अगुवाले घाँटीमा जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका हुन् ।

शवपुजनका कान्छा छोरा अर्जुनले गाउँकै राजेश पटेलकी छोरी रवीना कुमारीसँग असार १ गते प्रेम विवाह गरेका थिए । असार १ गते घरबाट भागेर दुबैले प्रेम विवाह गरेपछि बुधबार बिहान गाउँमा पञ्चायती (सर्वपक्षीय छलफल) भएको अाजको अन्नपूर्णमा समाचार छ ।

पञ्चायतीमा सहभागी गाउँका मुखीया र अगुवाले माथिल्लो जातको केटीसँग बिहे गरेको भन्दै अर्जुनका बुबालाई जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराउने निर्णय गरे ।

पञ्चायतीको निर्णयअनुसार गाउँका मसखियाद्वय शिवशंकर पटेल र ब्रम्हदेव पटेलले केटाका बुबा शिवपुजनलाई जुत्ताको माला लगाई दिन गाउँका चौकीदार सुरेन्द्र हजार पासवानलाई आदेश दिए । उनलाई जुत्ताको माला लगाएर गाउँ घुमाउने क्रममा मुखीया र गाउँका अगुवाले कुटपिट पनि गरेका उनका काहिँला छोरा नानकचन्द साह तेलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?