मेला र भिडमा भौतारिएको
दुखको आरनमा आफ्ना सौखिन सपनाहरुलाई दाह गरि
कंक्रिट र अर्ध इट्टालाइ माटो मिश्रण गर्दै
मेची र महाकालीका किनारमा
रापिएको सुर्यसङ्ग सौदाबाजी गर्दैन उसले,
उ सधै
नयाँ युगको बिज रोप्दैछ
उसलाई थाहा छैन त्यो बिज उसैलाई बिजेको छ,
दुइ हजार त्रिसठ्ठीको आन्दोलनमा च्यातिएको पुरानो सर्ट
शायद रास्ट्रिय झन्डा भन्दा कम छैन
उसलाई
सम्भब होला यहाँ रास्ट्रिय झन्डा फेरिन सक्छ
तर उसको सर्ट फेरिन असम्भब हुनेछ ,
फरक्क फक्रिएका गुलाबहरु
उसका सपनिका भिर हरुमा फक्रिएका हुन्
तर
फेरी एक मन सित्याउने
आश्वासनका पिपिरी हरु बजेको सुन्दा
उसका औलाहरु दरबारका भुइतला छुन लाग्छन,
उसलाई
अझै पनि उदायचल बाट एक
गन्तब्यी सितलताले खुसुक्क कानेखुसी गरेजस्तो लाग्छ
तर उ भ्रमित हुन्छ
नया पात्रो भएपनि
उही पुराना बार हरु पोहोर र परार जस्तै जादै छन
उसलाई थाहा छैन
क्षितिज रुपी उदाएको अरुणिमा
उदाउन सम्भब रहेको छैन
एक क्यानभासमा चित्र कोरी बसेको छ,
धैर्यका पोकाहरु कुम्च्याई
गल्ली गल्लीमा चक्कर काटी बसेको छ
बा, अनि आमाको आवाजले उसलाई
बारम्बार मेरो भबिस्य भनि झल्काउछ
मुसुक्क एक हिम्मतको मुस्कान छोड्छ,
हिम्मत आयो होला
फेरी म मेरा धौलागिरी र कन्चनजंघालाइ
टुपुक्क टिपेर मेरै बगैचामा सजाउछु
चिर चिर भै फेरी उसलाई भाग्यले नकार्दा
छाती नै च्यातिन्छ
अब यो बहत्तरमा उसको त्यो
राष्ट्रिय झन्डा छल्छ्लती बगेको रगत पुच्दैछन
बा, आमाको आवाज कुनै बनचरीले फर्केर वोलेन,
एक राहतको आसमा
समाजमा तक्मा भिरेका
बिस्तारबादी, साम्राज्यवादी पुजीवादी, बामपन्थी
र बिस्तारबादी लाइ उही हालत बताउछ
ति आजन्म देखि फोहोर पसेका कान हरुमा
उसको आवाजको पहिचान हुन् सक्दैन
”हट को हो” भन्दा उसको
छाती फेरी च्यातिन्छ
तर अझै उ बोल्दैछ
गरिब बोल्दैछ ।
प्रतिक्रिया 4