स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ अभिनित अन्तिम चलचित्र ‘कोहिनुर’ हेर्न छुटाउनु भएको छ भने अब धन्दा मान्नु पर्दैन । युट्युब च्यानलमार्फत घरमै बसेर हेर्न सकिनेछ ।
श्रीकृष्ण श्रेष्ठ, श्वेता खड्का, मिथिला शर्मा, सम्राट सापकोटा लगायतको अभिनय रहेको उक्त चलचित्र शनिवारदेखि युट्युब च्यानलवाट सार्वजनिक गरिएको छ ।
आकाश अधिकारी निर्देशित उक्त चलचित्र सबै भन्दा धेरै ब्यापार गर्ने नेपाली फिल्मको रुपमा चिनिन्छ । उक्त चलचित्र रिलिज हुँदै गर्दा २३ अघि महिना साउन २४ गते नायक श्रेष्ठको निधन ४७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो ।
चलचित्र ‘भुँमरी’ वाट अभिनय सुरु गरेका श्रीकृष्णले ‘धर्ती, प्रेमयुद्ध, आफ्नो मान्छे, वर पिपल, गोर्खाली, पाहुना, गरिब, नाता रगतको’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।
शनिबार काठमाण्डौको बीग मुभिजमा यो चलचित्रको च्यारेटी शो पनि सम्पन्न भयो । ‘नवकिरण अनाथ असाहाय बाल उत्थान समाज’को सहयोगार्थ यो कार्यक्रम गरिएको थियो । नायिका स्वेता खड्काले च्यारेटीबाट उठेको मध्ये २ लाख रुपैयाँ अनाथालयलाई हस्तान्तरण गरिन् ।
नेपाल सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले चेक हस्तान्तरण गरेका थिए । साथै उनले नै युटुब च्यानलको उद्घाटन पनि गरेका थिए । मन्त्री पौडेलले चलचित्र आफूले अहिलेसम्म हेर्न नपाएको भन्दै युटुबमा हेर्ने बताए । नायिका स्वेता खड्काले आफू सधै नै समाजसेवामा सक्रिय हुने बताइन् ।
उनले अन्य संघसंस्थालाई पनि सहयोग गर्ने आफ्नो योजना भएको बताइन् । उनले आफ्ना पति श्रीकृष्ण श्रेष्ठको चाहना पनि समाजसेवा रहेको बताइन् । यो चलचित्रले ११ करोड माथिको ग्रस कलेक्शन गरेको थियो ।
प्रतिक्रिया 4