नेपाल सरकारका पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल शनिबार काठमाण्डौको सुन्धारास्थित सीटीसी मलमा रहेको ‘ट्रेन्ड सेटर्स’मा कपाल काट्न पुगे । मन्त्रीलाई यसरि सैलुनमा नै पुगेर कपाल काटेको कमैले मात्र देखेका होलान् ।
मन्त्री पोखरेलले फेसनको दुनियाँ मन नपराउने कमै मान्छे हुने भन्दै आफू पनि यहि मान्छेको भीडमा पर्ने बताए । उनले मौसम, उमेर र स्थान अनुसार फेसन परिवर्तन हुने बताए । आफूलाई उमेर अनुसार सामान्य फेसन गर्न मन लाग्ने मन्त्रीको तर्क थियो ।
उनले नेपाली चलचित्रका बिषयमा पनि कुरा गरे । नायक राजेश हमाल र रमित ढुंगाना उनलाई मनपर्ने रहेछन् । नायिकाको हकमा भने प्रियंका कार्की उनको रुचाइएकी नायिका रहिछन् । प्रियंकाको फेसन शैलीबाट पनि उनी प्रभावित छन् । मन्त्री पोखरेलले ‘कुमारी, आमा, सिन्दुर, वुर्द्ध बर्न इन नेपाल’ आफूले हेरेको बताए ।
उनले आफू पहिला-पहिला सामान्य ब्यूटी सैलुनमा जाने गरेको भन्दै सुन्धारामा ‘ट्रेन्ड सेटर्स ब्यूटी सैलुन’ खुलेपछि नियमित रहेमा आउने गरेको समेत खुलाए ।
पर्यटन मन्त्रीले पर्यटन उद्योग बढाउन फेसनको महत्व रहेको दाबी गरे । उनले भने-‘विभिन्न देशबाट विभिन्न शैलीका पर्यटक आउने भएकाले फेसन क्षेत्रलाई बढाउन सके यसले देशको अर्थतन्त्रमा फाइदा पुग्छ ।’
प्रतिक्रिया 4