+
+
Shares

मधुमेहबाट जोगिन पर्याप्त निद्रा आवश्यक

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १४ गते १०:३९

Diabetic patient doing glucose level blood testवर्तमानको अति व्यस्त जिवनशैली तथा असन्तुलित तथा अस्वस्थकर खानपानका कारण धेरै मानिसहरु मधुमेह जस्ता जटिल रोगहरुको सिकार भईरहेका छन् ।

यदि तपाइँ पनि आफुमा मधुमेहको जोखिम कम गर्न चाहनुहुन्छ भने तपाइँले आफ्नो निद्रामा पूरा ध्यान दिनु निकै आवश्यक हुन्छ । हो, पर्याप्त तथा भरपूर निद्रा मानिसमा मधुमेहको खतरा कम गर्नमा सहयोगी हुन्छ । हालै गरिएको एक शोध अनुसार पर्याप्त निद्रा लिने मानिसमा टाइप टू मधुमेह हुने खतरा निकै कम हुन्छ ।

अमेरिकाको लस एन्जल्स बायोमेडिकल रिचर्स इन्स्टिच्युट  शोधकर्ताहरुका अनुसार हप्तामा ३ रातको मिठो निद्राले पनि धेरै हदसम्म सरीरमा इन्सुलिनको सक्रियता बढाइदिन्छ । इन्सुलिनको कमीका कारण मधुमेहको लक्षण देखा पर्ने हुँदा पर्याप्त निद्राले इन्सुलिनको मात्रा बढाइदिने भएकाले मधुमेहको जोखिम कम हुन्छ ।

प्रमुख शोधकर्ता डाक्टर पिटर लिउका अनुसार मानिसले निद्राको घण्टामा वृद्धि गर्दा सरीरको इन्सुलिनको प्रयोग गर्ने क्षमता बढ्दछ र पाका मानिसहरुमा टाइप टू मधुमेहको जोखिम कम हुन्छ ।

इन्सुलिनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न जिम्मेवारी निर्वाह गर्दछ । त्यसैले अधिक कामका कारण पर्याप्त निद्रा लिन नपाई मधुमेहको जोखिममा परेका मानिसहरुले सुत्ने घण्टामा वृद्धि गर्ने हो भने मधुमेहको जोखिम घट्ने लिउको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?