+
+

काठमाडौँका प्रत्येक वडामा पार्क निर्माण हुदै

रासस रासस
२०७३ असार १५ गते ८:३२
Ratnapark (3)
फाइल फोटो

१५ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नारा ‘एक वडा एक पार्क’ निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ ।

हाल काठमाडाैं महानगरपालीकाको वडा नम्बर ३५ मा एक, वडा ७ मा दुई, वडा १४ मा दुई, वडा १८ मा एकवटा पार्क निर्माणको काम भइरहेका कामपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार केही पार्क निर्माण भइसकेका छन् भने केही निर्माण हुने प्रक्रियामा रहेका छन् । निर्माणको प्रक्रियामा रहेका पार्क पनि यही असार २५ गतेसम्ममा सम्पन्न भइसक्ने छन् । ३५ वटै वडामा पार्क बनाउने तयारी कामपाको रहेको छ । पार्क निर्माण गरिएका स्थानमा हरियाली बनाउनका लागि विभिन्न किसिमका फूल रोप्ने काम पनि भएको छ ।

यसैबीच, कामपाले १८औँ सार्क शिखर सम्मेलनमा रोपेका बोटबिरुवाको पनि संरक्षण गरिएको छ । उक्त समयमा त्रिपुरेश्वर, थापाथली, माइतीघर, सुन्धारा, कालीमाटी, टेकु लगायतका स्थानमा सातसय बिरुवा रोपेकामा एकसय बिरुवा भाँचिने र उखेलिने भएको थियो । सबै स्थानमा उखेलिने र भाँचिएका झन्डै एक सय बिरुवा रोप्ने काम पनि महानगरपालीकाले गरिसकेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?