Comments Add Comment

जाकब ब्लासचेकोस्की भर्सेस जुआओ मारियो

players (9)

जाकब ब्लासचेकोस्की

जारी युरोकपमा अग्रपंक्तिका दुई स्ट्राइकरहरुको निराशाजनक प्रदर्शनका कारण पोल्याण्डले अहिलेसम्म उनीहरुलाई विश्वास गर्न सकिरहेको छैन । यस्तोमा शून्यताको परिपुर्तिका लागि जेकव ब्लासचेकोस्की आएका छन् । आफ्नो पछिल्लो दुई खेलमा उनले यस्तो खेल प्रदर्शन गरेका छन् कि उनी करिअरकै उत्कृष्ट लयमा छन् । उनले २ खेलमा दुई गोल गरेका छन् । युक्रेन बिरुद्धको समूह चरणको खेल र नकआउट चरणमा स्पीट्जरल्याण्ड बिरुद्ध बिजयी गोल उनैले गरेका थिए ।

ब्लासचेकोस्की विंगबाट बल डि्रवल गर्दै पोष्टतर्फ अघि बढाउन माहिर मानिन्छन् । यसमा लुकाज पिस्जेकसँगको तालमेल विपक्षीका लागि ठूलै खतरा बन्न सक्छ । बोरुसिया डर्टमुण्डका नयाँ टिममेट पोर्चुगलका राफेल ग्वेरिरो, जो पा्चुगलका लागि सबैभन्दा राम्रो खेलिरहेका खेलाडी हुन्, उनको बिरुछ ब्लासचेकोस्कीको प्रदर्शन कस्तो हुने हो कौतुहलता छ ।

जुआओ मारियो

हंगेरीबिरुद्ध ४५ मिनेट मैदानमा बिताएका पोर्चुगिच युवा मिडफिल्डर जोआओ मारियोले गत सिजन पोर्चुगलको क्लवबाट गरेको जस्तो शानदार प्रदर्शन राष्ट्रिय टोलीबाट गर्न सकेनन् । तर क्रोएशियाबिरुद्धको नकआउट चरणको पहिलो खेलमा उनी पोर्चुगिच टोलीको सबैभन्दा रचनात्मक खेलाडीको रुपमा आफुलाई प्रमाणित गरे ।

पोल्याण्डबिरुद्धको खेलमा पनि उनी सबैभन्दा रचनात्मक खेलाडी बन्न सक्छन् । अधिक इनर्जी र मध्यक्षेत्रमा बल नियन्त्रण गर्न सक्ने क्षमताले आजको खेलमा पोर्चुगलको जितका लागि मारियो सबैभन्दा प्रभावकारी बन्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment