Comments Add Comment

काम गर्न छाडे सीसीटिभी क्यामराले

CC-TV-Camera१७ असार, काठमाडौं । सुरक्षाका लागि भैरहवा बजार तथा अन्य क्षेत्रमा जडान गरिएका अधिकांश सीसीटिभी क्यामराहरुले काम गर्न छाडेका छन् ।

भैरवाह बजारमा १२ स्थानमा सीसीटिभी क्यामरा जडान गरिएकोमा तीनवटाले मात्र काम गरिरहेको जिल्ला प्रहरी कार्यलय, रुपन्देहीले जनाएको छ ।

सडक विस्तार गर्दा र बनाउँदा तार चुडिँनुका साथै अन्य विविध कारणले विगिैका क्यामराहरु मर्मत नहुँदा पनि सो क्यामराले काम गर्न छाडेका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।

त्यसैगरी सुरक्षाका दृष्टिकोणले निर्क संवेदनशील मानिने बेलहिया नाकामा लगाइएका आठवटा क्यामरामध्ये ४ वटा मात्र सञ्चालनमा छन् ।

बेलहीयमा लगाइएको सो क्यामेराको तस्विर जिल्ला क्षेत्र हुँदै प्रहरी प्रधान कार्यालयमा समेत हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment