Comments Add Comment

गीतकार गोबिन्द र अन्जु फेरि संगै

qqqकाठमाडौं । आधुनिक गीत र गजलमा मर्मस्पर्शी शब्द कोर्ने गीतकारको रुपमा चिनिन्छन गीतकार गोबिन्दप्रसाद उपाध्याय । सत्यता र सत्यता-२ एल्बम बजारमा ल्याएका उपाध्यायको ‘सत्यता-३’ को रेकर्डिङ सुरु भएको छ ।

स्रोता र दर्शकको चाहना अनुरुप शब्द कोरेको धारणा राख्ने उपाध्यायले आफ्ना गीत बास्तविक जीवनसँग मेल खाने बताए । ‘म आफैं यथार्थ शब्द लेख्न रुचाउने भएकोले मेरा शब्दले नेपाली साङ्गीत सन्देश दिओस् भन्ने चाहन्छु’ उनले भने ।

यस एल्बममा उनले गजललाई प्राथमिकतामा राखेका छन् । नेपालकी चर्चित गायिका अन्जु पन्तले यस एल्बममा स्वर दिने भएकी छिन् ।

अञ्जुले सत्यतामा ‘कथा जिन्दगीको’ बोलको गीत गाएकी थिइन भने ‘सत्यता-२’मा मनोज राजसँगको युगल गित ‘कस्तो माया लाइयो हजूर’ गाएकी थिइन् । दुबै गीत दर्शकले रुचाएका थिए । ‘सत्यता-३’मा भने उनी गजलको ‘मेहफील’ जमाउँदै गाउनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment