Comments Add Comment

माओवादीको ठोस प्रस्तावको पर्खाइमा कांग्रेस

१९ असार, काठमाडौं ।  सरकार परिवर्तनका लागि माओवादी केन्द्रबाट ठोस प्रस्ताव आउनुपर्ने पक्षमा कांग्रेस छ ।

Congress-Flagयसअघि २३ वैशाखमा कांग्रेस र माओवादीबीच सहमतिसहित सरकार फेर्ने प्रयास भए पनि माओवादी र एमालेबीच नौबुँदे सहमतिपछि असफल भएको थियो ।

‘राष्ट्रिय सरकारको बहस नयाँ होइन, राष्ट्रिय सरकार मात्र भनेर हुँदैन । कस्तो स्वरूपमा जाने भन्ने प्रस्ट रोडम्याप आउनुपर्छ । ठोस स्वरूप नल्याउने अनि ‘मोही माग्ने ढुंग्रो लुकाउने’ शैली ठीक छैन,’ कांग्रेस नेता डा.प्रकाशशरण महतले भने ।

माओवादी केन्द्रले आफ्नै नेतृत्वमा वा कांग्रेस नेतृत्वमा सरकार बनाउने भन्नेबारे स्पष्ट प्रस्ताव ल्याएपछि मात्र यस विषयले गति लिने उनको भनाइ छ ।

‘कि ओलीजीले राष्ट्रिय सहमतिका लागि सरकार छाड्ने भनेर छलफल चलाउनुपर्‍यो कि प्रचण्डले सरकार छाडेर आउनुपर्‍यो । तब मात्र नयाँ सरकारबारे छलफल अघि बढ्छ,’ महतले भने, ‘आ–आफूलाई केन्द्रमा राखेर सरकारको विषय अघि बढ्दैन ।

प्रस्ट रोडम्यापविना हचुवामा हामी फेरि धोका खान चाहदैनौँ ।’हस्ताक्षर गर्न तयार भएको माओवादीबाट धोका पाएकाले यसपटक कमजोर प्रयास नगर्ने कांग्रेस नेताहरू बताउँछन् । बहुमतीय भए पनि नयाँ सरकार कांग्रेस नेतृत्वलाई निर्वाचनअघि नै सरकार परिवर्तन गर्नुपर्ने दबाब छ ।

‘एमाले प्रमुख प्रतिस्पर्धी पार्टी हो । एमाले निरन्तर सरकारमा भइरहँदा कांग्रेस झन् कमजोर हुन्छ भन्ने बुझाइ नेताहरूमा छ ।’ काग्रेस स्रोत भन्छ, ‘यो सरकार नटुट्दासम्म कांग्रेस सरकारमा जानै सक्दैन । त्यसैले सहमतीय सरकार बन्ने अवस्था नआए बहुमतीय सरकारमै भए पनि कांग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकार बनाउनुपर्ने दबाब पार्टीभित्र छ ।’ यसका लागि माओवादी र मधेस केन्द्रित दललाई मनाउने तयारी पनि कांग्रेसको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment