Comments Add Comment

म्याग्दीमा यातायात ठप्प, सदरमुकामसँग ग्रामीण बस्तीको सम्पर्कविच्छेद

पाइप फुटेपछि सदरमुकाममा खानेपानी अभाव

१९ असार, बाबियाचौर । निरन्तरको वर्षा र पहिरोका कारण पहाडी जिल्ला म्याग्दीको यातायात सेवा ठप्प भएको छ ।

Road-Blockवर्षासँगै सडकमा पहिरो खस्ने, हिलो जम्ने र खोलामा बाढी आएकाले सदरमुकामदेखि ग्रामीण क्षेत्रलाई जोड्ने सडकमा यातायात सेवा बन्द भएको हो । सडकमा जिप, माइक्रोबस र ट्याक्सी गुड्न छाडेपछि ग्रामीण बस्ती सदरमुकामसँग यातायात सम्पर्कविच्छेद भएका छन् ।

बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–पाखापानीसहित सबै सडकमा सवारी आवागमन बन्द भएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका कार्यालय प्रमुख देवेन्द्र पौडेलले जानकारी दिए । सडक मर्मत गरिएपछि मात्रै सवारी सञ्चालन गर्न सकिने पौडेलको भनाइ छ ।

हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको दाना–३ तितर, बेगको तिप्ल्याङ तथा म्याग्दी र मुस्ताङको सीमा क्षेत्र काभ्रेभिरमा पहिरो खसेपछि तीन दिनदेखि अवरुद्ध छ ।

शुक्रबार दिउँसोदेखि अवरुद्ध भएको सडक खुलाउन हेभी इक्युपमेन्टको अभाव हुँदा मुस्ताङ जाने आउने तीर्थयात्री, पर्यटक र स्थानीयवासी बाटोमै अलपत्र परेको दानाका होटल व्यवसायी इन्द्रसिङ शेरचनले बताए ।

यसैगरी बेनी–दरवाङ सडक बाबियाचौर, तातोपानी, चुत्रेनी, दुखुखोला र डम्मरा खण्डमा हिलो, खोलामा पानीको सतह बढेको र पहिरो खसेका कारणले अवरुद्ध भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । बेनी–पाखापानी, बेनी–बरञ्जा, दरवाङ–मुना, दरवाङ–नराले, दरवाङ–ओखरबोटलगायतका ग्रामीण सडक पनि अवरुद्ध हुँदा खाद्यान्न, निर्माण सामग्री ढुवानी, कृषि उपज निकासी र सर्वसाधारणलाई आवतजावत गर्न समस्या भएको छ ।

सदरमुकाममा खानेपानी अभाव

यसैबीच बेनी बजारमा खानेपानी आपूर्ति गर्दै आएको बेनी खानेपानी उपभोक्ता संस्थाको पाइप फुटेपछि खानेपानी अभाव भएको छ ।

पुम्दीखोलाको पानी ल्याइएको पाइप क्याम्पसचोकमाथि पहिरोले भाँचेपछि बेनीमा खानेपानी आपूर्ति हुन सकेको छैन ।

बेनी–गलेश्वरखण्डमा पनि पहिरोले पाइपलाई क्षति पुर्याएको छ । पाइप मर्मत सुरु गरिसकेको बेनी खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment