Comments Add Comment

रुँदै मैदानबाट बाहिरिए बुफोन, भन्छन्, रुनु पर्ने आफ्नै कारण छ

Buffon1फ्रान्सको स्टेड डि बोर्डेक्समा जर्मनीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि इटलीका भेट्रान गोलकिपर तथा टोलीका कप्तान जियानलुइगी बुफोनले आफ्ना समर्थकमाझ भावुक बनेका छन् ।

मैदान छाड्दै गर्दा उनको आँखामा आँशु देखिएको थियो भने उनले हातले आँखा छोपिरहेका थिए ।

३८ बर्षीय स्टार खेलाडीले जोनास हेक्टरको पेनाल्टी रोक्न सकेनन् । उनले बलको दिशा त पहिल्याएका थिए तर, शरीर मुनिबाट बल गोलका लागि क्रस भयो । त्यसै गोलले जर्मनी युरोको सेमिफाइनलमा पुग्यो ।

‘हामीले जे गर्न सक्थ्यौै गर्‍यौं, लगभग यो पर्याप्त थियो । यसको मतलव हो कि जव तपाईं मूल्य, संगठन र रणनीतिलाई अपनाउनुहुन्छ भने असम्भव भन्ने केहि हुँदैन’ बुफोनले पोष्ट म्याच प्रेस कन्फ्रेन्समा भने, ‘हामी रुनुपर्ने आफ्नै कारण छ । हामी जितको निक्कै नजिक थियौं । जर्मनीले तीन पेनाल्टी मिस गरेको थियो तर पनि जितका लागि पर्याप्त भएन ।’

संभवतः बुफोन निराश हुनुको कारण इटलीलाई ४८ बर्षपछि युरोपियन च्याम्पियनसीपको उपाधि दिलाउन नसक्नुको पीडा देखिन्छ । हातैमा आएको जित टाढा हुँदा उनी बढि दुःखी भएको हुनुपर्छ । उनका लागि राष्ट्रिय टोलीबाट अन्तिम अवसर पनि हुनसक्छ ।

Buffonजर्मन डिफेण्डर हेक्टरको गोलले नतिजाको छिनोफानो गरेको थियो । त्यस गोलमा बुफोनले सही दिशा पहिल्याएपछि बल उनको हातबाट फुस्कियो । शायद यही कारणले इटलीका समर्थकले हारको जिम्मेदार बुफोनलाई बनाउन सक्नेछन् ।

नियमित र अतिरिक्त समयको नतिजा १-१ को बराबरी भयो । पेनाल्टी सुटआउटमा थोमस मुलरको पेनाल्टी मिस भएपछि इटलीले दुई एकको अग्रता लियो । त्यसपछि मेसुट ओजिल तथा कप्तान बास्टियन स्वाइन्सटाइगरको पेनाल्टी मिस गरे । र, इटलीले त्यसलाई आफु अनुकुल प्रयोग गर्न सकेन ।

इटलीका ग्राजियानो पेल्ले, लियोनार्दो बोनुक्की र मोट्टेओ डरमियानले एकपछि अर्को पेनाल्टी मिस गरे ।

नतिजा जर्मनी सेमिफाइनलमा पुग्यो । इटलीका दिग्गज गोलकिपर बुफोन जसले सन् २००८ यता प्रमूख प्रतियोगिताको पेनाल्टी शुटआउट गुमाएका छैनन् । त्यसबेला इटली युरोकप सेमिफाइनलमा स्पेनसँग पेनाल्टीमा पराजित भएको थियो ।

बुफोनले सन् २००६ कामे विश्वकप फाइनलमा फ्रान्सको दुई पेनाल्टी रोकेका थिए भने २०१२ को युरोकपमा इंग्ल्याण्डबिरुद्ध एस्ले कोलको पेनाल्टी रोक्दै टोलीलाई जित दिलाएका थिए ।

पेनाल्टी मास्टरको उपाधि पाएको जर्मनीले यसपटक इटलीलाई जित्न दिएन । जर्मनीले प्रमुख प्रतियोगितामा इटलीलाई हराएको पनि यो पहिलो पटक हो ।

‘मलाई लाग्दैन कि हामीले त्यति नराम्रो खेलेका छौं । यो हार हाम्रा लागि अविश्वासनीय रहनेछ । हामी अगाडि बढ्नुपर्छ, जहाँ अन्य काम र जिम्मेबारी हुनेछ’ बुफोनले भने, ‘हामीले बास्तव आज राम्रो खेलेका हौं तर यो पर्याप्त भएन । हामी ट्रफी घर लान चाहन्थ्यौं ।’

यद्यपि बुफोन यस युरोकपमा टोलीको प्रदर्शनलाई लिएर सन्तुष्ट छन् । उनी सकारात्मक के कुरामा छन् भने ब्राजिल विश्वकपको लज्जास्पद प्रदर्शनभन्दा टोलीको स्तर सुध्रेको रहेछ । बुफोनले भनेका छन् कि ‘दुई बर्ष अगाडिको समस्या हाम्रो टोलीमा अहिले छैन तर अझै सुधारको आवश्यकता भने छ ।’

‘प्रशिक्षक कोन्टेले हामीलाई सहानुभुति दिएका छन् । किनकि उनी हाम्रो टोली र प्रशिक्षणबाट गौरवान्वित छन्, आखिर उनी पनि मानिस हुन्’ गोलकिपर बुफोनले भने, ‘म अपेक्षा गर्छु कि हाम्रो सपना नयाँ प्रशिक्षक जियाम्पियरो भेन्टुराले साकार बनाउनेछन् ।’

३८ बर्षीय स्टारले भनेका छन् कि उनी सन्यास लिनेबारे सोच बनाइरहेका छैनन् । उनमा आगामी २०१८ को रुश विश्वकपमा इटलीको पोष्ट संहाल्ने सोच छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment