Comments Add Comment

जर्मनीलाई झड्का, गोमेज युरोकपबाट आउट

(FILES) This taken on July 2,काठमाडौं । युरो २०१६ को सेमिफाइनलमा आयोजक फ्रान्सको सामान गर्ने तयारीमा रहेको विश्व विजेता जर्मनीलाई झड्का लागेको छ ।

उसका स्ट्राइकर मारियो गोमेजले सेमिफाइनलसहित बाँकी खेलहरु गुमाउने भएका छन्  ।

इटलीविरुद्धको क्वार्टरफाइनल खेलका क्रममा उनले तिघ्राको मांशापेशीमा लागेको चोटका कारण उनले सेमिफाइनलसहितका खेल गुमाउने भएका हुन् । जर्मन फुटबल एशोसिएनले यो युराकपमा गोमेजले खेल्ने सम्भावना नरहेको बताए ।

सामी खेदेरा र बास्टिन स्वाइन्सगाइगरले बिहीबार फ्रान्सविरुद्धको सेमिफाइनल खेल्नेमा शंका छ । म्याट हृयुमल्सले यो खेल गुमाउनेछन् ।

जर्मन प्रशिक्षक जोचिम लोले प्रतियोगिताको महत्वपूर्ण चरणमा प्रमुख खेलाडीहरु गुमाउने दुःखद भएको बताए । उनले अब समाधान खोज्नु पर्ने भन्दै आफूलाई आफ्ना खेलाडीहरुमाथि विश्वास रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment