Comments Add Comment

हिमालयन बैंक र ट्रयाङ्लोबीच रेमिट्यान्स सम्झौता

himalaya-n-tyanglo
२० असार, काठमाडौं । हिमालयन बैंक लिमिटेड तथा ट्रयाङ्लो सिन्डरिन बर्हाड, मलेसियाबीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरा तथा ट्रयाङ्ग्लोका प्रमुख कार्यकारी अधिकृत सिया हुई योंगले एक समारोहकाबीच हस्ताक्षर गरे ।

मलेसियाको कुआलालम्पुरमा प्रधान कार्यालय भएको ट्रयाङ्ग्लोको इन्डोनोसिया, मध्यपूर्व तथा संयुक्त अधिराज्यमा अन्तर्राष्ट्रिय शाखा कार्यालय छन्ज, सले विश्वका करीब ८० देशहरुमा सहज, सुलभ र सुरक्षित विप्रेषण तथा प्रिपेड कार्ड सेवा प्रदान गरिरहेको छ ।

मलेसियन सरकारको स्वामित्व भएको इकुइनासको लागानी रहेको ट्रयाङ्ग्लोको एशियामा फिलिपिन्स, बाङ्गलादेश, भारत, चीन, श्रीलंका लगायतका दशवटा देशहरुमा रेमिट्यान्स भुक्तानी केन्द्रहरु समेत सञ्चालनमा छन् ।

हिमालयन बैंक लि. तथा ट्रयाङ्ग्लो बीचको यस सम्झौतावाट विदेशमा कार्यरत करीव २२ लाख नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउनेछन् ।

ट्रयाङ्ग्लोको माध्यमवाट नेपाल आउने विप्रेषण बैंकको ४२ वटै शाखा तथा ७५०० भन्दा बढी हिमालरेमिट काउन्टरवाट तत्कालै भुक्तानी लिन सकिनेछ । हिमाल रेमिट बैंकको आफ्नै अनलाइन रेमिट्यान्स सेवा हो । बैंकको रेमिट्यान्स सेवाको लागि विश्वभरी ९० भन्दा बढी अन्तर्राष्ट्रिय व्यवसायिक साझेदारहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment