Comments Add Comment

‘गाँजाबाजा’ निर्देशकको आग्रह-‘प्लिज मलाई चलचित्र बनाउन दिनुहोस्, ऋण लिएको छु’

ganja baja
चलचित्र ‘गाँजाबाजा’का निर्देशक गणेशदेव पाण्डेले आफूलाई चलचित्र बनाउन दिन आग्रह गरेका छन् । चलचित्र विकास बोर्डले नाममै आपत्ती जनाएपछि अहिले यो घटना अदालतसम्म पुगेको छ । अदालतमा विचाराधिन रहेको मुद्दाको बिषयमा काठमाण्डौमा बहस भयो । बहसमा केही चलचित्रकर्मीदेखि वकिलसम्म उपस्थित थिए ।

कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक पाण्डेले आफूले समाजलाई विकृति फैलाउने उद्देश्यले चलचित्र नबनाएको बताए । उनले आफूले ऋण लिएर चलचित्र बनाएको भन्दै भोली अदालतले आफूहरुको पक्षमा फैसला गर्‍यो भने क्षतीपूर्ती कसले दिन्छ भनेर प्रश्न पनि गरे ? उनले भने-‘प्लिज मलाई चलचित्र बनाउन दिनुहोस् ।’

चलचित्रको तर्फबाट अदालतमा मुद्दा लडिरहेका अधिवक्ता स्वागत नेपालले पञ्चायतकालिन नियमले नै अहिले चलचित्र क्षेत्र चलिरहेको बताए । उनले चलचित्र क्षेत्रमा लोकतन्त्र नआएको बताए । उनले यो शब्दलाई मात्र हेरेर चलचित्र निर्माण रोक्न नमिल्ने बताए ।

कार्यक्रममा निर्देशक निश्चल बस्नेतले नाममा आपत्ती जनाएर चलचित्र रोक्न नहुने बताए । उनले समाजमा जस्तो कुरा देखिन्छ त्यस्तै कुरामा चलचित्र बनाउने गरेको धारणा राखे । नामले मात्र गलत अर्थ नजाने उनको भनाई थियो ।

कार्यक्रममा अनेरास्ववियूकी अध्यक्ष नविना लामा, निर्माता प्रदिप कुमार उदय, संचारकर्मी प्रभात रिमाल, निर्देशक मनोज पण्डित लगायतले आफ्नो धारणा राखेका थिए ।

चलचित्र विकास बोर्डले नाममा आपत्ती जनाउँदै इजाजत नदिएपनि यो चलचित्रको छायांकन समाप्त भैसकेको छ । तर, बोर्डले अझै नाममा इजाजत नदिएपछि यो मुद्दा अदालतमा विचाराधिन अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment