बलिउडका नायकद्धय साहरुख खान र सलमान खान अहिले मिल्ने साथी भएका छन् । ५ बर्ष लामो दुश्मनीलाई पर छाड्दै यी दुइले अंकमाल गरे । तर, अहिले यस्तो अवस्था आइसकेको छ कि, यी दुई एकसाथ समय बिताइरहेका छन् ।
साहरुख र सलमानको दोस्तीले कतै अर्का खान आमिर असुरक्षित त महशुश गरिरहेका छैनन् भन्ने प्रश्न ट्विटरमा नउठेको होइन । सलमान र साहरुख मिलेपछि आमिर खान एक्लो भएको भन्दै ट्विटरमा उनको मजाक पनि उडाइएको थियो ।
तर, यो कुराले आमिरलाई कुनै फरक परेको छैन । उनले साहरुख र सलमानको मित्रताले आफू अत्यन्त खुशी भएको बताए । आफ्नो साथी भएको मान्छे अरु को हुनै नसक्ने त होइन नी भन्दै आमिरले प्रश्न उठाए ।
आमिरले साहरुख र सलमान आफू भन्दा ठूलो स्टार भएको पनि बताए । उनले भने-‘जब साहरुख र सलमान कुनै कोठामा प्रवेश गर्छन्, स्टार आए जस्तो महशुश हुन्छ । तर, म जब कुनै कोठामा प्रवेश गर्छु, वेटर प्रवेश गरे जस्तो लाग्छ ।’
साहरुख र सलमानमा भएको स्टारडम आफूसँग नभएको आमिरको भनाई थियो । आमिरले उनी अभिनित चलचित्र ‘दंगाल’को फस्टलुक कार्यक्रममा मिडियाको प्रश्नको जवाफ दिदै साहरुख र सलमानको बारेमा भनेका हुन् ।
प्रतिक्रिया 4