Comments Add Comment

चर्चा यस्तोः रेखा र छविको औपचारिक डीभोर्स, बिहेका लागि हतारिए छवि

rekha-and-chabi
नायिका रेखा थापा र निर्माता छविराज ओझाविच औपचारिक रुपमै डीभोर्स भएको छ । अलग भएको करिब ४ बर्षपछि छवि र रेखाले आइतबार औपचारिक रुपमा डिभोर्स गरेका हुन् ।

आइतबार जिल्ला अदालत पुगेर कागजी प्रक्रिया सकाएर दुबैले हस्ताक्षर गरेपछि यी दुई औपचारिक रुपमै अलग भएका हुन् । नायिका रेखा थापाले यो कुराको पुष्टी गरिन् ।

छवि आफैले नै रेखासँग डिभोर्सका लागि हतार गरेका थिए । श्रोतका अनुसार पारिवारिक दबाबका कारण छविले चौथो बिहे गर्ने सोच बनाएका हुन् । जसका लागि उनलाई रेखासँग डिभोर्स गर्नुपथ्र्यो । यसैले, छविले कागजी रुपमा नै अलग भएर बाटो खोलिदिन रेखालाई भनेका थिए ।

छवि एक्लो जीवन बिताएर हैरान छन् । उनको घर धरान भएपनि उनी काठमाण्डौमा लामो समयदेखि बस्दै आएका छन् । एक्लो जीवन बिताउन गाह्रो भएपछि उनले बिहे गर्ने सोच बनाएका हुन् ।

रेखा र छवि करिब १० बर्ष एकसाथ बसेपछि यी दुई अलग भएका थिए । यसपछि छविले आफूलाई निदाउनका लागि स्लिपिङ ट्याबलेट चाहिने बताउँदै आएका थिए ।

हुनत, निर्माता ओझा चलचित्र चल्ने समयमा यस्ता किसिकमा फन्डा गर्न सिपालु छन् । कतै उनको बिहे गर्ने योजना पनि चलचित्र चलाउने फन्डा त होइन ? प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment