२१ असार, काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार लागि प्रारम्भिक छनौटमा परेका सात पुरस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको छ ।
यसअघि विजेताको नाम मात्र सार्वजनिक गर्ने गरिएको भएपनि २०७२ सालबाट श्रेष्ठ सूची बनाइएको हो ।
श्रेष्ठ सूचीबाट सर्बश्रेष्ठ एक पुस्तकलाई मदन पुरस्कार दिइने गुठीका सदस्य सचिव कुन्द दीक्षितले जानकारी दिए ।
श्रेष्ठ सूचीमा परेका पुस्तकहरुमा भुवनहरी सिग्देलको आमोई, रामलाल जोशीको ऐना, नीलम कार्की निहारिकाको चिरहरण, घनश्याम खड्काको निर्वाण, सरिता तिवारीको प्रश्नहरुको कारखाना, बुद्धिसागरको फिरफिरे र दामोदर पुडासैनी किशोरको सिमानाका रङ्ग सिमानाका तरङ्ग छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4