Comments Add Comment

माओवादी महाधिवेशन आयोजक समितिको आकार घटाउन सुझाव

Maoist-Center-PBMeeting

२१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको पोलिटव्यूरो बैठक मंगलबारबाट सुरु भएको छ । पार्टी महाधिवेशनको निर्वाचनको मिति तय गर्न, वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न तथा केन्द्रीय सांगठनिक संरचना र निर्वाचन विधि टुंगो लगाउन पोलिट्ब्यूरो बैठक सुरु भएको हो ।

पार्टी मुख्यालयमा पेरिसडाँडामा मंगलबार बसेको बैठकमा सात प्रदेशबाट रिपोर्टिङ मात्र भएको थियो । प्रदेश र प्रवासको जिम्मेवारी तोकिएका नेताहरुले पार्टी एकीकरणपछि कार्यकर्ताहरुमा उत्साह थपिएको रिपोर्टिङ गरेका छन् । उनीहरुले रिपोर्टिङका क्रममा महाधिवेशन आयोजक समितिको आकार घटाउन नेतृत्वलाई सुझाव पनि दिएका छन् ।

१५ सय सदस्यीय समिति निकै ठूलो र भद्दा भएको भन्दै आकार घटाउन सुझाव दिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

बैठकमा सांगठनिक संरचना र निर्वाचन विधि सम्बन्धी प्रतिवेदन वर्षमान पुन संयोजकत्वको कार्यदलले पेश गरेको छ ।

प्रवक्ता भुसालका अनुसार बुधबार बस्ने बैठकले एमाले नेतृत्वको सरकारमा रहने/नरहने बारेमा निर्णय गर्नेदेखि महाधिवेशनको मिति तोक्ने काम गर्ने छ । उनले एमालेले करिब २ महिना पहिले गरेको नौ बुँदे सहमतिको कार्यान्वयनमा गम्भिरता नदेखाएको विषयमा बुधबारको बैठकमा गम्भिरतापूर्वक छलफल हुने जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment