Comments Add Comment

कांग्रेस महामन्त्री शशांक अस्पताल भर्ना

Dr-Shashank-Koirala-Admit
अस्पतालको शैयामा कांग्रेस महामन्त्री डा. शशांक कोइराला । तस्वीर सौजन्यः यूपी लामिछाने

२२ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अकस्मात बिरामी भएपछि बुधबार बिहान अस्पताल भर्ना गरिएको छ ।

डा. कोइरालालाई चाबहिलको ओम अस्पतालमा भेन्टिलेटरमा राखिएको छ । पारिवारीक श्राोतका अनुसार उनको अवस्था अचेत छ ।

कोइरालाले मंगलबार राति पिज्जा खाएका थिए । त्यसपछि उनलाई वान्ता भएको थियो । रातभर वान्ता भएपछि उनलाई विहानीपख अस्पताल भर्ना गरिएको हो ।

अधिक वान्ताका कारण श्वासप्रश्वासमा समस्या भएको र त्यसकै इन्फेक्सनका कारण अचेत भएको हुनसक्ने चिकित्सकहरुको आशंका छ ।

थप उपचारको लागि उनलाई बाहिर लैजाने विषयमा उनको परिवारमा छलफल भइरहको बुझिएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा अोली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरू कोइरालालाई भेट्न ओम अस्पताल पुगेका छन् ।  देउवासँगै अन्य कांग्रेस नेताहरु पनि अस्पताल जानेक्रम जारी छ ।

sherbahadur deuba_om hospital

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment