Comments Add Comment

‘पर्खिराख है’का दीलको पर्दामा कमब्याक, रेखा र सविनसँगै ‘हिरो रिर्टन्स’मा देखिने

sabin and dil shrestha
चलचित्र ‘पर्खिराख है’मा अभिनय गरेका कलाकार दील श्रेष्ठको चर्चा त्यतीबेला खुबै भयो । पहिलो चलचित्रमा अभिनय गर्दा नै उनले खुबै चर्चा पाए । बाबुराम ढकालले निर्देशन गरेको यो चलचित्रमा दीलले गरेको कामको पनि राम्रै तारिफ भयो ।

तर, यसपछि दील एकाएक पर्दाबाट हराए । उनी त्यसपछि के गर्दैछन् भन्ने खोजिनिती कसैले पनि गरेन । उनले त्यपछि केही चलचित्रमा काम गर्ने चर्चा चलेपनि त्यो त्यसै सेलायो ।

अब भने उनै कलाकार दील श्रेष्ठ नायक सविन श्रेष्ठले निर्माण गर्न लागेको चलचित्र ‘हिरो रिर्टन्स’मा देखिने भएका छन् । दील र सविन दुबैले चलचित्रमा काम गर्न लागेको पुष्टी गरेका छन् ।

सविन श्रेष्ठको प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा सहदेव गौतम र चन्द्र गौतमको लगानी रहनेछ । चलचित्रलाई आशिष भेटवालले निर्देशन गर्दैछन् । उनले यसअघि चलचित्र ‘जंगबहादुरको कोर्ट’ निर्देशन गरेका थिए ।

भदौबाट छायांकन हुने यो चलचित्रलाई अष्ट्रेलियामा खड्का एन्ड सन्सले ‘एमजी’मा किनिसकेको छ । खड्का एन्ड सन्स चलचित्रकाे सह निर्माता पनि हाे । प्रस्तुतकर्ता तथा नायक सविनले यो कुराको पुष्टी गर्दै अष्ट्रेलियामा चलचित्र विक्री भैसकेको बताए । चलचित्रमा सविनको साथमा नायिका रेखा थापाको मुख्य भूमिका रहनेछ । पूर्णतया एक्सन शैलीमा यो चलचित्र निर्माण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment