+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

गाउँमा बिजुली बलेपछि नाचगान र भोजभतेर

रासस रासस
२०७३ असार २३ गते ९:०३

२३ असार, म्याग्दी । म्याग्दीको दुर्गम गाविस मल्कावाङमा ४२ किलोवाट क्षमताको नन्दीवाङखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भई बुधबारदेखि बिजुली बलेपछि स्थानीयवासीले नाचगान र भोजभतेर गरेर खुसियाली मनाएका छन् ।

Bulb,-Bijuliवैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, खुमलटार, ललितपुरको आर्थिक सहयोग र डिसिआरडिसी बागलुङको प्राविधिक सहयोगमा कुल रु दुई करोड २३ लाख ६५ हजारको लागतमा सो जलविद्युत् आयोजना निर्माण भएको निर्माण समितिका सहसचिव हरिबहादुर छन्त्यालले जानकारी दिए ।

सहसचिव छन्त्यालले दिएको जानकारीअनुसार जनश्रमदान रु ५९ लाख ५५ हजार बराबर, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ८१ लाख ९० हजार, प्रवासी मल्कावाङवासीको रु ४९ लाख, जिविस म्याग्दीको रु दुई लाख, मल्कावाङ गाविसको रु तीन लाख २० हजार, स्थानीय जनजागरण आमा समूह र सनलाइट युवा क्लबको रु २८ लाख गरी जम्मा रु दुई करोड २३ लाख ६५ हजारको लागतमा सो आयोजना निर्माण भएको हो ।

निर्माण सम्पन्न भई बुधवारदेखि मल्कावाङ गाविस वडा नं २ देखि ६ सम्मका २१२ घरमा बिजुली बलेको जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष लालबहादुर छन्त्यालले बताए ।

“बिजुली बलेपछि हामी अत्यन्त खुसी छौँ, यस्तो दुर्गम गाउँमा पनि बिजुली बाल्न पाउँला भनेर सोचेकै थिएनौँ”, स्थानीय तिलकुमारी छन्त्यालले भने । बिजुली बलेपछि मल्कावाङका बासिन्दाले बुधवार भोजभतेर र नाचगान गरेर खुसियाली साटासाट गरेका थिए ।

जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष लालबहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डिसिआरडिसी बागलुङका इन्जिनियर दिनेश कार्की र सहसचिव हरि छन्त्यालले आयोजना सम्पन्न भएकोमा खुशी व्यक्त गरेका थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?