+
+
Shares

फ्रान्ससँग डराएका छैनौंः मुलर

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २३ गते ११:५९

Thomas-Muller

काठमाडौं । थोमस मुलरले युरो कप २०१६ को सेमिफाइनलमा फ्रान्ससँग खेल्न आफूहरु नडराएको बताएका छन् ।

युरोकपको दोस्रो सेमिफाइनलमा बिहीबार विहान पौने १ बजे घरेलु टोली फ्रान्स र विश्व विजेता जर्मनी भिड्नेछन् । खेल मार्सेलीमा हुनेछ ।

जर्मनी इटलीलाई पेनाल्टीमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । फ्रान्सले भने आइसल्याण्डलाई ५-२ गोल अन्तरले पराजित गरेको थियो ।

त्यसमाथि जर्मनीलाई चोटले सताएको छ । मारियो गोमेज युरोकपबाट आउट भएका छन् भने सेेमिफाइनलमा सामी खेदेरा र माट हृयुमल्स पनि खेल्ने छैनन् । भलै बास्टियन स्वाइन्सटाइगर भने खेल्न सक्ने भएका छन् ।

तर, मुलरले भने फ्रान्ससँग धेरै राम्रा खेलाडी रहेपनि आफूहरु नडराएको बताए ।

फ्रान्सले यहाँ(अन्तिम चार) सम्मको यात्रा भाग्यका आधारमा मात्र तय नगरेको भएपनि जर्मनीसँगको खेल उनीहरुको असली परीक्षा भएको मुलरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?